नगरका २० पसलमा उपमहानगरपालिको अनुगमन

खुला ठाउँमा माछा मासु बेच्न रोक

नेपालगञ्ज,फागुन,२३-

नगरका २० वटा मासु पसलमा आज अनुगमन गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिका नेतृत्वको एक टोलीले रामलिला मैदान, रानीतलाउ, वडा प्रहरी कार्यालय अगाडीका माछा मासु पसलमा अनुगमन गरेको हो ।

खुला र फोहर ठाउँमा राखेर माछा, मासु बेच्ने गरेको गुनासो आएपछि विहान अनुगमन गरेर सचेत गराएको टोलीले पुनः दिउसो अनुगमन गरेर केहीलाई माछा मासु बेच्न नै रोक लगाएको छ ।

व्यवसायीले आफनै पसल अगाढी कुखुरा, खसी काटेर झन फोहर गराएको पाइएपछि विहान फोहर हटाउन चेतावनी दिएको टोलीले दिउसो अनुगमन गर्दा अधिकांसमा सफाई भने भेटाएको थियो ।

उपमहानगरपालिकाका पशु सेवा शाखाका डा अपार पौडेल, निरिक्षण शाखा प्रमुख पवन कुमार कनोजीयासहित नगर भवनको प्रहरी टोलीले अनुगमन गरेको थियो । रानीतलाउमा भने ४ वटा पसलेले खुला ठाउँमा झींगा भन्कीएको अवस्थामा माछा विक्री गरेको देखिएपछि उनीहरुलाई माछा विक्री गर्न नै रोक लगाइएको हो ।

उनीहरुलाई अहिलेलाई सेचत गराएर आवश्यक प्रक्रिया पुरा गरेर मात्र व्यवसाय गर्न चेतावनी दिइएको छ । वडा प्रहरी अगाडी भने अनुगमन टोली पुग्नै लाग्दा खुला भुण्डाइएको खसीको फिला लुकाउने कोसीस गरिरहेका थिए ।

मासु पसल सफाका साथै आवश्यक कागजात दरुस्त राख्न, खुला ठाउँमा माछा मासु काटन र नबेच्न सचेत गराइएको यदि फेरी पनि अटेर गरेको पाइएमा कारवाही गरिने निरिक्षण शाखाका प्रमुख कनोजियाले जानकारी दिनु भयो । माछा मासु पसललाई व्यवस्थित गर्न अनुगमनलाई निरन्तरता दिइने उपमहानगरपालिकाले जनाएको छ ।