चलचित्र नेप्टेको पहिलो गित सार्वजनिक

रोशन घर्ति/
दाङ,माघ,४-
चलचित्र ‘नेप्टे’को लोक लयमा आधारित पहिलो गीत सार्वजनिक गरिएको छ ।चलचित्र नेप्टे आर रोशफी फिल्मस् प्रालिको ब्यानरमा निर्माण भएको हो । रोहित रुम्बाको प्रस्तुतिमा निर्माण भएको यो चलचित्रको ‘सुपारी ‘काँचो’ बोलको गीत रिलिज भएको हो । चैत्र ३० गतेबाट यो चलचित्र प्रदर्शनमा आउँदैछ ।

यो गीतमा ओम सुनार र सावित्री जोशीको स्वर, ओम सुनारको संगीत, भानुभक्त ढकालको शब्द छ । कविराज गहतराजको कोरियोग्राफी रहेको भिडियोलाई हरि लामाले खिचेका हुन् । तारा थापाको सम्पादन रहेको चलचित्रका निर्माता रोहित रुम्बा नै हुन् प्रनिशा सिलवाल यो चलचित्रबाट यो क्षेत्रमा भित्रिदैछिन् ।

चलचित्रमा रोहितकै कथा, पटकथा तथा संवाद किरण माइकलको रहेको छ । रोशन श्रेष्ठको एक्सन रहेको यो चलचित्रले सामाजिक कमेडी कथालाई उठान गरेको निर्माता तथा कलाकार रोहितले बताए ।

देवकुमार श्रेष्ठले चलचित्रको निर्देशन गरेका हुन् । चलचित्रमा दयाहाङ राई, रोहित रुम्बा, वुद्धि तामाङ, अर्जुन गुरुङ, छुल्ठिम गुरुङ, पूर्णिमा लामा, अरुना कार्की लगायतका कलाकारको मुख्य भूमिका छ ।