को हुन् अनुराधा कोईराला भन्छिन् : नयाँ सरकारले हटाएपनि दुःख मनाउ गर्दिनँ

काठमाण्डौं,माघ,३-

Anuradha Koirala

सरकारले तीन नम्बर प्रदेशको मुख्यमन्त्रीमा माइती नेपालकी संस्थापक एवं समाजसेवी अनुराधा कोइरालालाई नियुक्त गरेको छ। कोइरालाले प्रदेश प्रमुखमा नियुक्त भएसंगै आफूमाथि जिम्मेवारी थपिएको प्रतिक्रिया दिनुभएको छ । 

देउवा सरकारले गरेका नियुक्ति नयाँ सरकारले फेर्ने भन्ने आशंकालाई लिएर गरिएको प्रश्नमा उहाँले त्यस्तो भएमा आफूले कुनै दुःख मनाउ नगर्ने प्रतिक्रिया दिनुभयो ।

‘म आफ्नो व्यक्तिगत लाभलाई त्यागेर समाजसेवा गरेर बसेकी मान्छे, सरकारले जिम्मेवारी दिएको हुनाले यसलाई देशले दिएको जिम्मेवारी भनेर ग्रहण गरेकी छु’, उहाँले भन्नुभयो,‘नयाँ सरकारले आउँदा पनि उहाँहरुले स्वविवेकको प्रयोग गर्नुहोला, त्यत्रो ओहोदामा बसेको मान्छेहरु हुनुहुन्छ, यदि हटाउनु भयो भनेपनि कुनै दुःखमनाउ गर्दिन।’

वाम गठबन्धनले नयाँ सरकार गठन गर्नासाथ प्रधानमन्त्री शेरबहादुर देउवाले गरेको प्रदेश प्रमुख नियुक्तीलाई उल्ट्याउने आशंका गरिएको छ। प्रदेश प्रमुखमा नियुक्त भएपछि जिम्मेवारी थपिएको महशुस गरेको भन्दै उनले देशहितका लागि आफूले सक्दो योगदान गर्ने बताउनुभयो ।

प्रदेश प्रमुखमा नियुक्त भएपछि कोइरालालाई बधाई दिनका लागि आफन्तहरु उनको निवास पिङ्गलास्थान पुगेका छन्। ‘आफन्तहरुले बधाई दिने क्रम जारी छ, प्रदेश प्रमुखमा नियुक्त भएको खबरसंगै आफन्तहरु घरमा आइरहनुभएको छ’, कोइरालाका पुत्र मनिष कोइरालाले जानकारी दिनुभयो । साभार नेपालखबर