सुनकोशी नदिमा राखिएको बेलिब्रिज आईतबार देखी संचालन गरिने

सिर्जना बर्देवा/
ओखलढुंगा पौष ८-
खोटाङ र उदयपुरको सिमानामा पर्ने सुनकोशीको नदीमा जडान गरिएको अस्थायी बेलिब्रिज आईतबार देखी सञ्चालन गरिने भएको छ । वर्षाका कारण बर्षमा ५ महिना संचालन हुने बेलिब्रिज सञ्चालन गरिने भएको हो ।

खोटाङ्गको खोटेहाङ्ग गाउपालिका स्थित लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउपालिका रौतागडी ३ फोक्सिङटारमा मंसिरको पहिलो हप्ता बाट सुरु गरिएको उक्त बेलिब्रिजको काम एक महिना पछि सकिएको छ ।

अस्थायी बेलिब्रिज सञ्चालनमा हुने भए पछि बाह्य जिल्लाका लागि सिधा यातायात सेवा सुरु हुने छ । बेलिब्रिज सञ्चालनमा आएपछि जिल्लाबाट सहर जानआउन तथा दैनिक उपभोग्यवस्तु ओसार÷पसार गर्न सहज हुने स्थानीयले बिश्वास गरेका छन् ।

हिउँदभर सञ्चालन हुनेगरी जडान गरिएको अस्थायी बेलिब्रिज वर्षा लागेपछि झिकिने र पानीको बहाव घटेपछि पुनः राख्ने गरिएको छ ।
बेलिब्रिज नहुदाँ झोलुंगे पुलबाट एक केजी सामानको रु २ तिरेर ढुवानी गर्ने गरेको व्यापारीहरु बताउने गरेका छन ।