नेपाल भारत संग २-०ले पराजीत मुख्य प्रशिक्षक हरि खड्काद्वारा राजीनामा

कप्तान निरु थापा र मनमाया लिम्बुद्धारा अन्तराष्ट्रिय फुटबलबाट सन्यास

काठमाडौं,मंसिर,२३-

१३औं दक्षिण एसियाली खेलकुद (साग) को महिला फुटबलतर्फ नेपाल भारतसँग पराजीत भएको छ ।पोखरा रंगशालामा भएको फाइनल भिडन्तमा नेपालले चिरप्रतिद्वन्द्वी भारतसँग २–० को हार बेहोरेपछि नेपाली महिला फुटबल टोलीको इतिहास रच्ने सपना फेरि अधुरै भएको छ ।

भारतको जितमा पहिलो हाफको १८औं मिनटमा बालादेवी र दोस्रो हाफको ५६औं मिनटमा रतनबालादेवीले गरेको गोल नै भारतीय टोलीलाई जित दिलाउन प्रर्याप्त बन्यो ।

स्मरण रहोस, भारतमै सम्पन्न गत संस्करणको फाइनलमा पनि नेपालले भारतसँगै हार बेहोरेको थियो भने १३औं सागको लिग चरणमा पनि नेपालले भारतसँग १–० को पराजयको सामना गर्नुपरेको थियो ।

यसैबिच : नेपाली राष्ट्रिय महिला फुटबल टिमका मुख्य प्रशिक्षक हरि खड्काले राजीनामा दिएका छन् । (साग) फुटबलमा नेपाललाई स्वर्ण दिलाउन असफल भएपछि खड्काले मुख्य प्रशिक्षक पदबाट राजीनामा घोषणा गरेका हुन् ।भारतसँग पराजित भएपछि पोस्ट म्याच कन्फरेन्समा बोल्दै प्रशिक्षक खड्काले पद छाडेको घोषणा गरेका हुन् ।

त्यसैगरी : नेपाली राष्ट्रिय महिला फुटबल टिमका कप्तान निरु थापाले अन्तराष्ट्रिय फुटबलबाट सन्यास घोषणा गरेकी छिन् ।

यस्तै मनमाया लिम्बुले पनि अन्तराष्ट्रिय फुटबलबाट सन्यास घोषणा गरेकी छिन् ।घरेलु भूमिमा जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपाललाई रजत दिलाएसँगै निरु र मनमायाले सन्यास घोषणा गरेकी हुन् । साभार खेलपाटीबाट