बझाङको काँडाबाट कांग्रेसको बिजयी शुरुवात

बझाङ,असार,१५-

दोस्रो चरणको स्थानीय चुनावमा पहिलो परिणाम बझाङको काँडा गाउँपालिकाबाट शुरु भएको छ ।काँडा गाउँपालिकामा कांग्रेस बिजयी भएको छ ।

अध्यक्षमा कांग्रेसका राजेन्द्र बोहोरा ३९४ मतका साथ बिजयी भएका हुन् । त्यस्तै उपाध्यक्षमा पनि कांग्रेसकै कल्पना बोहोरा बिजयी भएकी छन् । सदरमुकामबाट धेरै टाढा रहेकाले विस्तृत विवरण आउन बाँकी छ ।