माघ महीनामा मात्रै ६४ हजारले लिए श्रम स्वीकृति, सबैभन्दा धेरै मलेशिया जाने

Image Not Foundकाठमाडौं,फाल्गुन,१०-माघमा ६४ हजारभन्दा धेरै नेपालीले वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति लिएका छन् ।

वैदेशिक रोजगार विभागका अनुसार माघमा ५८ हजार ४४७ पुरुष र ५ हजार ८३७ जना महिला गरी कुल ६४ हजार २८४ जनाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका हुन् ।

यो सङ्ख्या पहिलोपटक वैदेशिक रोजगारीमा जान व्यक्तिगत श्रम स्वीकृति लिने, संस्थागत नयाँ श्रम स्वीकृति लिने र पुनः श्रम स्वीकृति लिनेको हो ।

यसैगरी नयाँ श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या ३९ हजार १२४ जना रहेको छ । जसमा ४ हजार २६६ जना महिला र ३४ हजार ८५८ पुरुष रहेको विभागले बताएको छ ।

सबैभन्दा धेरै मलेशिया जानका लागि श्रम स्वीकृति लिनेहरु छन् । मलेशियाका लागि १९ हजार ७८३ जनाले अन्तिम श्रम स्वीकृति लिएका छन् ।

त्यस्तै कतार जानका लागि १२ हजार ७०४ जना, साउदीका लागि १० हजार ५७६ जना, युएईका लागि ९ हजार ७७० जना र कुवेतका लागि २ हजार ९९२ जनाले श्रम स्वीकृति लिएका छन् ।

साइप्रसका लागि ४१७, क्रोएशियाका लागि ४ सय ७१, जापानका लागि ८८२, माल्टाका लागि २ सय ७०, पोल्याण्डका लागि ७२०, पोर्चुगलका लागि ४५ जनाले र रोमानियाका लागि ८०४ जनाले श्रम स्वीकृति लिएको विभागले बताएको छ ।रासस