नेपालगन्जमा नमुना मतदान कार्यक्रम सम्पन्न

मधुपौडेल,

बाँके,जेठ,१५-
नेपालगन्जमा राजनितिक दल र विभिन्न सरोकारवालाहरुसंग आउदो स्थानिय तहको निर्वाचनलाई लक्षित गर्दै अन्तरक्रिया तथा नमुना मतदान कार्यक्रम गरिएको छ ।

कार्यक्रममा बाँकेका मुख्य निर्वाचन अधिकृत माननिय जिल्ला न्यायाधिस तेजनारायण पौडेलले जनतालाई सहि तरिकाले भोट हाल्न सिकाउनु निर्वाचन आयोगको मात्र जिम्मेवारी नभई राजनितिक दलहरुको पनि उत्तिकै कर्तव्य रहेको बताउनुभयो ।

बाँकेका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले राजनितिक दल तथा उम्मेदवारहरुले भोट मात्र मागेर भएन् आफुले मागेको भोटलाइ कसरी सुरक्षित तरिकाले मतपेटिकामा कसरी खसाउने भने सिकाउन आवश्यक रहेको बताउनुभयो ।

त्यस्तै जिल्ला समन्वय समितीका अध्यक्ष हरि प्याकुरेलले अहिलेको मतपत्र धेरै ठूलो र जटिल किसीमको भएको उल्लेख गर्दै मतदाता शिक्षालाइ प्रभावकारी रुपमा मतदाता समक्ष लग्नुपर्ने बताउनुभयो ।

कार्यक्रमा विभिन्न राजनितिक दलहरुका प्रमुख तथा प्रतिनिधि, नागरिक समाज, सरोकारवालाला निकाय तथा सञ्चारकमीहरुको सहभागिता रहेको थियो ।

नमुना मतदानमा जम्मा खसेको ४८ मत मध्ये २ मत बदर भएको क्षेत्रीय निर्वाचन कार्यालय नेपालगन्जका प्रमुख बसन्तराज अधिकारीले जानकारी गराउनुभयो ।