घुर्मीमा जिप दुर्घटना,१ विदेशी नागरिकको मृत्यु,८ घाईते

उदयपुर,असोज,१-

Udayapur , उदयपुर

उदयपुरको घुर्मीमा जिप दुर्घटना हुँदा एक विदेशी नागरिकको मृत्यु भएको छ । काठमाण्डौबाट ओखलढुंगातर्फ आउँदै गरेको ना १ ज ७९६९ नम्बरको जिप उदयपुरको कटारी नगरपालिका १४ घुर्मी बजार नजिक दुर्घटना भएको हो ।

दुर्घटनमा विदेशी नागरिक हुलेस सेभेलको घटना स्थलमै ज्यान गएको घुर्मीका ट्राफिक इन्चार्ज रामकुमार साहले जानकारी दिनुभयो । उहाँका अनुसार जिप सडकबाट करिब सय मिटर तल खसेको छ ।

जिपमा सवार २ विदेशी नागरिक मध्ये एक महिलाको मृत्यु भएको हो । उनि कुन देशकी नागरिक हुन् भन्ने खुलेको छैन । चालक र एक विदेशी नागरिक सहित ८ जना घाईते भएका छन् ।

घाईते मध्ये २ जनाको अवस्था गम्भीर छ । उनिहरुलाई उपचारका लागि राजधानी पठाउने तयारी भईरहेको प्रहरीले जनाएको छ ।