नेपालगंजमा जारी निजामती कर्मचारी संगठनको १० औं राष्ट्रिय महाअधिवेशनको अहिले मतदान चल्दै

बाँके,मंसिर २९-नेपालगंजमा जारी निजामती कर्मचारी संगठनको १० औं राष्ट्रिय महाअधिवेशन अन्तर्गत अहिले निर्वाचन प्रक्रिया सुरुे भएको छ । २७ सदस्यीय सचिवालय सहित १ सय ११ सदस्यीय केन्द्रिय समितिका लागि निर्वाचन हुनेछ । निर्वाचनमा वर्तमान अध्यक्ष मोहनकुमार घिमिरे र वरिष्ठ उपाध्यक्ष केदारप्रसाद देवकोटाबीच अध्यक्षतामा प्रतिष्पर्दा हुदैंछ । मोहनकुमार घिमिरेलाई समर्थन गर्दै वरिष्ठ उपाध्यक्षमा ईश्वरी ढकाल ,महिला उपाध्यक्षमा भुवन राई,श्रेणी बिहिन उपाध्यक्षमा परमानन्द पौडेल उम्मेदवार हुने भएका छन् । यसैगरि प्रदेश १ बाट जयराम  श्रेष्ठ २ बाट राजकुमार दास,३ बाट घनश्याम सापकोटा,५ बाट मञ्जु कोईराला,६ बाट मोहन गिरी ७ बाट प्रेमबहादुर सिंह र उपत्यकाबाट शेखर दाहाल उपाध्यक्षका उम्मेदवार रहेका छन् ।
15451203_763705507129151_1703199279_nयसैगरी
महासचिवमा रेवन्त गौतम उम्मेदवार रहेका छन् । उपमहाुचिवमा,शान्तीप्रसाद लुईटेल,चेतनाथ न्यौपाने र रमेश भण्डारी उम्मेदवार हुने भएका छन् । सचिवमा भवानी खतिवडा,रामचन्द्र अधिकारी, हरिकाजी राई, जोरासिंह माझी, सिता गुरुङ, यम बहादुर खत्री,भिमबहादुर विष्ट उम्मेदवार बन्नुभएको छ । यस्तै केन्द्रिय सदस्यहरुमा केदार कुमार अधिकारी,देवराज कोईराला,प्रकाश राई,शारादा राउत,जीवन भण्डारी,गोकर्ण शर्मा,नानीमैया बस्नेत,ईन्दु धिमिरे,रमेश सिंह महर्जन, ज्ञानकुमार शर्मा,मधु मिजार,युवराज खरेल,यादव सापकोटा,नारद धमला,लगायत रहेका छन् । यसैगरि अध्यक्षमा उम्मेदवार केदारप्रसाद देवकोटालाई समर्थन गर्ने गरि वरिष्ठ उपाध्यक्षमा लेखनाथ कोईराला,महासचिवमा गंगाबाहदुर सुनार उम्मेदवार रहेका छन् ।