प्रधानमन्त्रीले भारत भ्रमण चैत २३ गते गर्ने

काठमाडौं,चैत,१६-

प्रधानमन्त्री केपी शर्मा ओली चैत २३ गते भारत भ्रमणमा जानुहुने भएको थ ।

नेपाल र भारतको परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री ओलीको भारत भ्रमणको औपचारिक घोषणा गरेका छन् । ओली २३ गते भारतको राजकीय भ्रमणमा जानेछन् र २५ गते फर्कनेछन् ।

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने छन् । तर, दुई प्रधानमन्त्रीबीच हुने भेटको समय सार्वजनिक गरिएको छैन ।

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले राष्ट्रपति रामनाथ कोविन्द लगायतसँग भेटवार्ता गर्नेछन् ।अनलाईनखबरबाट