माओवादी केन्द्रको बैठक सकियो,सोमबार फेरि बैठक बस्ने

४ हजारबाट घटाएर २ सय केन्द्रीय कमिटी कायम राख्ने

फाईल तस्विर !!

काठमाडौं,चैत,१-नेकपा माओवादी केन्द्रले दिएको २४ घण्टे म्यादभित्र नेकपा एमालेमा लागेका कुनै पनि सांसद नफर्किएपछि औपचारिक पत्र पठाउने भएको छ।सोमबार पेरिसडाँडामा बसेको पार्टीको केन्द्रिय कमिटी बैठकले शनिबार सोधेको स्पष्टीकरणको जवाफ नआएपछि कारवाही प्रक्रिया अघि बढाउन औपचारिक पत्र पठाउने निर्णय गरेको हो ।

सर्वोच्च अदालतले माओवादी केन्द्र ब्युँताएपछि पहिलोपटक केन्द्रीय कमिटि बैठक बोलाइएको हो।सर्वोच्चको फैसलापछि पनि पार्टीमा नफर्केका नेताहरुको नाम एमालेको केन्द्रीय समितिमा आएपछि माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा सहित २३ जनालाई शनिबार २४ घण्टे स्पष्टिकरण सोधेको थियो ।

माओवादी केन्द्रको स्थायी कमिटी बैठकले गृहमन्त्री थापा, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, खानेपानी मन्त्री मणि थापा, सिँचाइमन्त्री प्रभु साह, खेलकुदमन्त्री दावा लामा र श्रम मन्त्री गौरीशंकर चौधरीलाई मन्त्रिपरिषदबाट फिर्ता हुन निर्देशन समेत दिइसकेको छ ।माओवादी केन्द्रको केन्द्रीय समिति बठैक सोमबार फेरि बस्नेछ ।

यसैबिच:नेकपा माओवादी केन्द्रले ४ हजारबाट घटाएर २ सय केन्द्रीय कमिटीलाई कायम राख्ने निर्णय गरेको छ। पार्टी कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय कमिटीको बैठकले २ सय केन्द्रीय कमिटीलाई कायम राख्ने निर्णय गरेको हो। 

पार्टी एकताको क्रममा ४ सय ४१ केन्द्रीय सदस्यमध्ये माओवादीको भागमा दुई सय केन्द्रीय सदस्य परेका थिए। तर, एकता भंग भए पनि २ सय केन्द्रीय कमिटीलाई कायम राख्ने भएको छ। 

अहिले एकता भंगपछि माओवादीका नेताहरु रामबहादुर थापा, लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु शाहलगायत नेता एमालेमा लागेका छन्। पार्टी एकता भंग हुँदा माओवादीलाई असर नगरेको निष्कर्षसहित अबको निकासबारे अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो धारणा राख्नु भएको थियो

अध्यक्ष प्रचण्डले अहिलेको राजनीतिक परिवेश र अबको निकासबारे बैठकलाई बिफ्रिङ गरेका केन्द्रीय सदस्य युवराज दुलालले जानकारी दिनुभयो। नेता दुलालको अनुसार बैठकमा पार्टीको नाम फेर्ने विषयमा पनि एजेण्डा तय भएको बताउनुभयो।