गायक थापाको नयाँ गीती कोशेली “नेपालका नेता “बजारमा आउँदै।

काठमाण्डौ, भदौ, २३ – लोक दोहोरी क्षेत्रमा छोटो समयमा नै छुट्टै पहिचान बनाउन सफल लोक दोहोरी गायक गोपालजंग थापा आफ्नो अर्को सांगितिक कोशेली ‘नेपालका नेता’को साथमा बजारमा आउने भएका छन । लोकदोहोरी गीत अन टेस्ट हुँ म छैन लभरबाट सांगीतिक क्षेत्रमा प्रवेश गरेका थापाले त्यसपछि क्रमश, बरपिपल छायाले, धेरै भए फटाह जाली बजारमा ल्याईसकेका छन् । उनको पहिलो गीत अन टेस्ट हुँ म छैन लभरले निकै राम्रो चर्चा पनि बटुलेको थियो । आफ्नै रचना, लय र स्वर दिएका गायक थापालाई उक्त गीतमा उनकी जीवन संगीनी चित्रकला बुढाले पनि साथ दिएकी छन् ।

13935092_1766631416881849_7365695768211134394_nपुर्व सञ्चारकर्मि समेत रहेका गायक थापाको मिठो आवाजलाई स्रोताले उनी उत्तिकै रुचाईरहेका छन् । थापाको आवाजमा आउँदै गरेको ‘नेपालका नेता’ बोलको गीतको रचना चित्रकला बुढाले गरेकी छन् भने नारायण कार्किको लय रहेको छ ।  कैलाली टीकापुरका स्थायी बासिन्दा थापाले केही दिनमै आफ्नो नयाँ गीत अनामनगरस्थित बिशेष डिजिटल स्टुडियोमा रेकर्ड गर्दैछन् । थापाको अब आउने गीतमा नेपालको पछिल्लो राजनितिक परिवेशलाई व्यङ्ग्य प्रहार गरिएको एकसाथ सुन्न र हेर्न सकिनेछ । गित रेकर्ड गरेसंगै भिडियो सुटिङको तयारीमा लाग्ने उहाँले बताउनुभयो ।

गायक थापाको सांगीतिक यात्रा निरन्तर अघि बढदै जाओस हाम्रो शुभकामना ।