नेपाल रेडक्रस सोसाइटी खजुराद्वारा कम्बल वितरण

राम सुनाम/

बाँके,पुस,२०-

नेपाल रेडक्रस सोसाइटी बागेश्वरी उप शाखा खजुराले आज अति विपन्न, वृद्ध, असायलाई कम्मल वितरण गरेको छ । उपशाखाका सभापति जिवनाथ सापकोटाका अनुसार ४० थान कम्बल गरिबवर्गलाई वितरण गरिएको हो ।

कम्बल वितरण गर्दै खजुरा गाउपालिकाका प्रमुख किस्मत कुमार कक्षपतिले शीतलहरसँगै बढेको जाडोले विद्यालयका छात्रछात्रा, वृद्धवृद्धा र दैनिक मजदुरी गर्नेलाई बढी असर पु¥याएको र चिसो बाट बच्न सबैलाई सजक रहन आग्रह गर्नुभएको छ ।

चार दिन यता बाँकेसहितका पश्चिम नेपालका जिल्लाहरुमा बाक्लो हुस्सु र शीतलहरसंगै कठ्याङ्ग्रीने जाडो बढेको हो । बाक्लो हुस्शु सहीतको शीतलहरका कारण बढेको कठ्याङ्ग्रीने जाडोले जनजीवन कष्टकर बनेको हो ।