पत्रकारिता छोडेर कलाकार भए : नवगायक ओली

सिर्जना बर्देवा,

ओखलढुङगा,साउन,४-

गीत संगीत क्षेत्रमा प्रबेश गर्नेहरुको लर्को संगै एक बहुप्रतिभाका धनि व्यक्ति अरुण ओली पनि लोकदोहोरी क्षेत्रमा प्रबेश गरेका छन् । रेडियोको पत्रकारीता कामलाई छोडेर सल्यानका ओली केहि दिन पहिले देखि गायक तर्फ होमिएका हुन ।

अहिलेकी चर्चित लोकदोहोरी गायिका पुर्णकला वि।सी। सगै ओलीले आफ्नो आवाजको लोक दोहोरी गीत आनन्दको पलङ बजारमा आइसकेपछि उनि लोकदोहोरी गायकको रुपमा चिनिन थालेका छन् ।

करिब २ महिनाको मेहेनत पछि उनले आनन्दको पलङ बोलको अडियो गीत एक हप्ता पहिले बजारमा ल्याएपनि भिडीयो भने ज्ष्नजष्निजतक : भयिमथ बाट आज सार्वजनीक गरेका हुन । आनन्दको पलङ गीतलाई भने सरस्वती डिजिटल प्रालिले बजारमा ल्याएको हो ।

गीतको शब्द डिल्लीराज शर्माले लेखेका छन् भने लय भरत डाँगीले दिएका छन् ।आज मात्रै सार्वजनिक भएको भिडियोमा अभिनय अर्चन केसी, ज्योति प्रकाश ओली र भरत डाँगीले गरेका छन् । भिडियोको परिकल्पना डिल्लीराज शर्माले, निर्देशन तथा सम्पादन सुदन थापाले, छायाकंन अकिंत डिसीले र कलर रेमन्त शाहाले गरेका छन् भने दृष्य निर्माण हाम्रो टेलिभीजन दाङले गरेको छ ।

संचारकर्मिको पाइला बाट लोकदोहोरीमा होमिएका ओली मिठो समुधुर स्वरमा धनि छन । विभिन्न स्टेज कार्यक्रम, रेडियो कार्यक्रम, दोहोरी गीतमा दखल मानिने ओली बाल्यकाल देखिनै गीत संगीतमा रुचि राख्ने गर्दथ्य । अहिले पढाइको सिलसिलामा काठमाण्डौँ गए संगै उनि गीत संगीतमा रमाइरहेका छन ।

गीत संगीतमा लाग्न गाँउघर बाट हुदैन त्यसको लागी राजधानी काठमाण्डौंमा नै जानुपर्ने धेरैको बाध्यता छ । तर उनि भने पढाईको लागी राजधानी होमिए पनि सोचाइ भने गीत संगीत तर्फ गइरहेको छ । सल्यानको बागचौर नगरपालीका ९ मा वि.स. २०५५ सालमा जन्मीएका ओलीले बाल्यकालको १० कक्षा सम्मको अध्ययन गाउँकै विद्यालयमा हासिल गरेका थिए ।

एस।एल।सी। पास गरेपछि उनि आफ्नो अध्ययनलाई अगाडि बढाउन रोल्पाको सदरमुकाम लिबाङ तर्फ मोडिए ।आवाजमा दखल भएका ओलीले रोल्पा जिल्लाकै पहिलो सामुदायिक रेडियो रेडियो रोल्पामा १ बर्ष र सल्यान जिल्लाको लोकप्रिय रेडियो तहल्कामा पनि करिब एक बर्ष जति काम गरेर सञ्चार क्षेत्रमा पनि करिब दुइ बर्षको अनुभब बटुलेका छन ।

पत्रकारीतालाई छोडेर कलाकारीतामा लागीसकेपछि अबभने जस्तो परिस्थीति आएपनि आत्मसाथ गर्दै राष्टिय गायकको रुपमा चिनिने सोचाईमा रहेको अरुण ओली बताउछन् ।

भिडीयो हेर्न कल क्विक गर्नुहोस् ।