एएफसी कप छनोट२०२२:आज मछिन्द्र र श्रीलंकन क्लब ब्लु स्टार भिड्ने

खेल अघि दशरथ रंगशालामा सबिन राईको कन्सर्ट हुने

फाईल तस्विर !!

काठमाडौं,चैत्र,२२-एएफसी कप छनोट-२०२२ को प्ले अफ अन्तर्गत नेपालको मछिन्द्र फुटबल क्लबले आज मंगलबार श्रीलंकन क्लब ब्लु स्टारसँग प्रतिस्पर्धा गर्दैछ ।

‘ए’ डिभिजन लिग च्याम्पियन मछिन्द्रले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा ब्लु स्टारसँग खेल्नेछ । मछिन्द्र र ब्लु स्टारबीचको खेल बेलुका ५ बजे सुरु हुनेछ ।

मछिन्द्रले पहिलो पटक एएफसी कप छनोट खेल्न लागेको हो ।अघिल्लो पटक क्लब लाइसेन्स नभएको कारण मछिन्द्रले छनोट खेल्ने मौका गुमाएको थियो ।मछिन्द्र आफ्नो पहिलो सहभागितामै समूह चरणसम्म पुग्ने योजनामा रहेको छ । मछिन्द्रले त्यहिँ अनुसार तयारी गरेको जनाएको छ।

ब्लु स्टारसँगको खेल अघि मछिन्द्रका मुख्य प्रशिक्षक प्रवेश कटुवालले “भन्नुभयो”’घरेलु मैदानमा खेल छ । समूह चरणसम्म पुग्ने लक्ष्य छ,दबाब त छ,अन्तराष्ट्रिय खेल हो । दबाबलाई पन्छाएर समूह चरणको लक्ष्य छ,’हामी समूह चरणसम्म पुग्यौं भने नेपाली फुटबलको लागि राम्रो हो,हामी सक्षम पनि छौँ। त्यसको लागि लक्ष्य बनाएर हिडेको मुख्य प्रशिक्षक कटुवालले बताउनुभयो।

अघिल्लो पटक क्लब लाइसेन्स नभएको कारण मछिन्द्रले छनोटको मौका गुमाएको थियो।मछिन्द्रको स्थानमा त्रिभुवन आर्मी क्लबले खेलेको थियो ।प्रशिक्षक कटुवालले विपक्षी टोली राम्रो रहेको समेत बताउनुभयो।उहाँले आफ्नो टोलीका परिवर्तन नभएको समेत जानकारी दिनुभयो ।

उहाले भन्नुभयो ‘हाम्रो टोलीमा परिवर्तन छैन।लिग खेलेकै २४ खेलाडी छन्।श्रीलंकाको लिग राम्रो चलिरहेको छैन।ब्लु स्टार त्यसको च्याम्पियन रैछ।उनीहरुको खेल हेरेको छु, राम्रो खेलेको छ विपक्षी टिम राम्रो रहेको समेत बताउनुभयो।

यसैगरी:मछिन्द्रका कप्तान सुजल श्रेष्ठले टोलीको लक्ष्य दोस्रो चरण भन्दा माथि पुग्ने लक्ष्य राखेको बताउनुभयो ।

‘लिग सुरु भएपछि हाम्रो लक्ष्य एएफसी खेल्ने थियो । त्यसमा हामी सफल भयौं,’ सुजलले भन्नुभयो, ‘हाम्रो तयारी राम्रो भईरहेको छ । दोस्रो चरण भन्दा माथि जाने लक्ष्य छ ।’

यस खेलको विजेताले दोस्रो चरणमा भारतको मोहन बगानसँग खेल्नेछ । उक्त खेल अप्रिल १२ मा हुनेछ ।

यसैविच खेल अघि सबिन राईको कन्सर्ट हुने क्लवले जनाएको छ।मछिन्द्रले यस खेलको टिकट दर १ हजार र ५ सय राखेको छ।भीआईपीतर्फ १ हजार र सामान्यतर्फ ५ सयको टिकट दर राखिएको छ ।