विश्वकप छनोट : नेपाल समूह ‘बी’ मा (टाईसिट सहित)

अन्तिम छनोटका ४ उत्कृष्ट टोलीले विश्वकपमा स्थान बनाउने

काठमाडौं,साउन,१-

सन् २०२२ मा हुने फिफा विश्वकप फुटबलको एसियाली छनोट खेलमा नेपाल समूह बी मा परेको छ। दोस्रो चरण अन्तर्गतको छनोट खेलमा नेपाल समूह बीमा परेको हो।

नेपालले छनौट खेलमा बलियो टोली अस्ट्रेलियासँग भिड्ने भएको छ।समूह बीमा नेपालले अस्ट्रेलियासँगै जोडर्न, चाइनिज ताइपेइ र कुवेतसँग पनि भिड्ने छ।

एएफसीका अनुसार दोस्रो चरणका छनोट खेलहरु डबल राउन्ड रोबिन पद्दतिमा घरेलु र अवे टोलीको मैदानमा खेलिनेछ।

Qatar 2022 qualifiers draw (AFC Round 2) 

नेपाल एसियाको शीर्ष ३४ स्थानभित्र परेपछि दोस्रो चरणका लागि छनोट भएको थियो। दोस्रो चरणका खेलहरु सेप्टेम्बर ५ देखि २०२० जुन ९ सम्म हुनेछ।

समूह चरणबाट कुल १२ टोली विश्वकप छनोटको अन्तिम चरणका लागि छनोट हुनेछन्। ८ समूहका समुह विजेता र ४ उत्कृष्ट उपविजेताले सन् २०२३ मा हुने एसियन कपमा पनि स्थान पक्का गर्नेछन्।अन्तिम छनोटका ४ उत्कृष्ट टोलीले विश्वकपमा स्थान बनाउने छन् ।नेपालखबरबाट