चौंथो समर कप फुटसल प्रतीयोगीता अगष्ट २४ मा हुने

फुकुओका,जापान,श्रावण,४-

श्री गणेश खुकुरी एफसीको आयोजनामा जापानको फुकुओकामा चौंथो समर कप फुटसल प्रतियोगीता हुने भएको छ । प्रतियोगिता अगष्ट २४ गते अर्थात भादौ ७ गते शनीबारका दिन हाकाताको पिनास्तामा हुने आयोजकले जनाएको हो ।

श्री गणेश खुकुरी एफसीले आज भन्दा ४ वर्ष पहिले, पहिलो पटक नेपाली समुदायबिच फुकुओकामा फुटसल प्रतीयोगीताको आयोजना गरेपछि पछिल्लो समय फुकुओकामा अध्ययन र विभिन्न भिषामा आएका नेपाली खेलाडीहरुका लागी फुटसलको हब बन्दै गएको छ । 

खेलले हामी बीच सद्‌भाव कायम गर्ने भएकोले बिगतका वर्षहरुमा जस्तै यस वर्ष पनी प्रवासमा रहेका नेपाली समुदायहरु बिच भाईचाराको सम्बन्धलाई प्रगाढ राख्न खेलको आयोजना गरिएको आयोजकले बताएको छ ।

प्रतीयोगीतामा विजयी हुनेलाई ३ लाख जापानीज येन सहित ट्रफि मेडल पुरस्कार रहेको छ, भने उपविजेतालाई १ लाख ५० हजार येन ट्रफि मेडल त्यस्तै तेस्रो रनर अप हुनेलाई अर्को वर्षको समर कप प्रतीयोगीतामा दर्ता शुल्क नलाग्ने आयोजकले बताएको छ  । 

प्रतियोगितामा सहभागिता हुन चाहाने टिमले अगष्ट २० तारिख सम्म क्लवको नाम दर्ता गराईसक्नु पर्नेछ । टिम दर्ताको लागी दर्ता शुल्क ३५ हजार येन तोकिएको आयोजकले जनाएको छ ।