कोहलपुरमा कृषक सम्बन्धी प्रयोगात्मक ज्ञानसेवा कार्यक्रम सम्पन्न

कोहलपुर,चैत्र १२-
ज्ञानोदय सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्र कोहलपुरमा रिड नेपाल र प्रयाक्टीकल एक्सनको सहयोगमा प्राविधिक प्रयोगात्मक ज्ञानसेवा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बाँकेका विभिन्न कृषक समुहहरुको उपस्थिती रहेको थियो । उक्त कार्यक्रममा कृषक समुह कोहलपुर २ फुलवारी, प्राविधिक कृषक समुह नौवस्ता ८, मुक्ति प्राविधिक कृषक समुह कोहलपुर २, सगरमाथा प्राविधिक कृषक समुह नौवस्ता ८ का ब्यावसायिक तरकारी खेती गर्ने सबै समुहका प्रतिनिधिका २२ जना कृषकहरुले सहभागिता जनाएको सामाजीक परिचालक शिवध्वज शाहीले बताउनुभयो  ।

कोहलपुरमा कृषक सम्बन्धी प्रयोगात्मक ज्ञानसेवा कार्यक्रम सम्पन्न उक्त प्रयोगात्मक कार्यक्रम कोहलपुर २ मुक्तिनगरमा गठित ताजा तरकारी प्राविधिक ज्ञानसेवा समुहका अध्यक्ष ऋषिराम ढकालको बारीमा गरिएको थियो । उहाँको बारीमा गरिएको कार्यक्रममा कृषकहरुलाई प्राविधिक ज्ञान दिई ब्यवसायमा सहयोग गर्ने उद्देश्यले संचालन गरिएको उक्त कार्यक्रमका कृषि सेवा केन्द्र कोहलपुरका कार्यालय प्रमुख शशिन्द्र शाहिले प्रशिक्षणका क्रममा बताउनु भएको थियो । उहाँले किसानहरुले आफुले प्रयोग गरेका प्रविधिहरुका बारेमा जानकारी दिदै नयाँ प्रविधिको बारेमा जानकारी दिनुभयो ।

कार्यक्रममा कृषकलाई दिने नास्ताको पैसा कटौती गरि सोहि पैसामा कृषकलाई विभिन्न नगदे बाली बोडी, लौका, भिन्डी, काँक्राको विउहरु वितरण गरिएको छ । बाँकेका विभिन्न कृषक सहमुहबाट उपस्थित भएका प्रतीनिधीहरुले प्राविधिक कृषक समुहरुको यस वर्षको कार्यक्रम को प्रगति समिक्षा गर्दै सल्लह सुझाव पनि व्यक्त गदै नयाँ वर्षको कार्यक्रमको योजना समेत तयार गरिएको सामाजीक परिचालक शिवध्वज शाहीले जानकारी दिनुभयो ।