नेपालगंज भ्रष्टाचारको मुल केन्द्र हो :धवलसमशेर राणा

मधुपौडेल
बाके,चैत्र १२-
नेपालगंज उपमहानगरपालिका भ्रष्टाचारको मुल केन्द्र भएको एक कार्यक्रममा बताईएको छ ।शिव पार्वती एवं काली माता मन्दिर साविकको २४ बडा र हालको १८ को दोस्रो साधारण सभामा बोल्दै राप्रपाका केन्द्रिय महामन्त्रि एवं तत्कालिन नेपालगंज नगरपालिका मेयर धवलसमशेर राणाले उक्त कुरा बताउनु भएको हो ।

साधारण सभामा प्रमुख अतिथिका रुपमा उपस्थिति हुनु भएको महामन्त्रि राणाले आफु मेयर हुदाँ संस्थागत रुपमा नगरपालि भित्रका कर्मचारीलाई जनताको काम छिटो र छरिटो हुने गरेको भए पनि हाल आएर नगरपालिकामा मनपरी हुने गरेको बताउनु भएको थियो । महामन्त्रि राणले आफ्नो कार्यकालमा आफ्नो तलब तथा भत्ताहरु कुनै पनि आफुले नलिएर जनताको लागि खर्च गरेको बताउनु भएको थियो ।

महामन्त्रि राणाले राप्रपाले हिन्दु राष्ट्र र राजसंस्थाको बारेमा बोल्दै हिडेको मा सबैमा भ्रम परेको बताउनु भएको बताउनु भएको थियो । उहाले हिन्दु राष्ट्र र राजसंस्था भनेको देशलाई नेताहरुले बेच्ने अवस्थामा पनि राजसंस्था र हिन्दु राष्ट्रले मात्र देशलाई बचाउन सक्ने भएको ले यसको राप्रपाले यसलाई बोकेर हिडेको हो बताउनु भयो ।

नेपालगंज भ्रष्टाचारको मुल केन्द्र हो धवलसमशेर राणामहामन्त्रि राणाले भन्नु भयो,“ हिन्दु राष्ट्र र राजसंस्था भनेको शासन गर्ने भन्दा पनि देशलाई बचाउने राजाको खाचो हो , त्यसका लागि राप्रपाको लडाई हो  । हिन्दु धर्म भनेको नेपालको पहिचान हो र देशमा हिन्दु राष्ट्र भयो भने अन्य धर्मलाई सम्मान गर्ने कुरा हो , मात्र हामीहरुले नेपालको नेपालीका पहिचान गुम्न लागेका हुदाँ पहिचान लागि हिन्दु राष्ट्र र राज संस्थाको भनेका हौ ,” । उक्त साधारणसभा मन्दिर व्यवस्थापन समितीका अध्यक्ष हरदेव वक्स बर्माको सभापतित्वमा भएको थियो ।

कार्यक्रममा नेपाल शिव सेनाका केन्द्रिय अध्यक्ष मनोज श्रेष्ठ , विभिन्न राजनिति दलका प्रतिनिधि , जिल्ला प्रशासन कार्यलय बाकेका प्रतिनिधि रोम केसी , पर्यटन पत्रकार संघ बाकेका जिल्ला सविच मधु पौडेल विभिन्न वडाका वडा प्रतिनिधिहरु लगाएतको उपस्थिति रहेको थियो । सधारण सभामा स्थानिय १०५ वर्षका झुर्रा महतोलाई सम्मान पनि गरीएको थियो । सभामा स्वागत मन्तव्य ज्याती प्रसाद श्रेष्ठले दिनु भएको थियो । कार्यक्रमको सहजीकरण स्थानिय किशोर रानाले गर्नु भएको थियो ।