खाल्डोको पानीमा डुबेर तिन बर्षीय बालकको मृत्यु

के-पी-घिमिरे/
नेपालगन्ज,साउन,१०- 
बाँकेको जानकी गाउँ पालिकामा अाज खाल्डोको जम्मा भएको पानीमा परेर ३ वर्षका एक बालकको मृत्यु भएको छ ।
जानकी गाउँ पालिका वडा नं ६ पिपराहुवा बस्ने वर्ष ३१ का खेमराज गडरियाका छोरा वर्ष ३ का अाशिष गडरिया दिउसो ३ बजे तिर खेल्ने क्रममा घर नजिकैको खाल्डोमा डुबेका थिए ।

उनलाई तत्काल नेपालगन्ज मेडिकल कलेज नेपालगन्जमा उपचार गर्न ल्याउदै गर्दा बाटोमै निजको मृत्यु भएको अस्पतालले बताएको छ । निजको प्रहरी मुचुल्का तयार पारी घर परिवारको जिम्मा लगाईएको प्रहरी हवल्दार राजकुमार चौधरीले बताउनुभयो ।