
‘आज सातै प्रदेशमा कोरोना खोप पुर्याइनेछ,’ प्रवक्ता डा. गौतमले भन्नुभयो, ‘यही १८ गतेसम्ममा लगाउन थालिनेछ।’
भारतले नेपाललाई अनुदानस्वरूप १० लाख डोज खोप दिने घोषणा गरेकोमा अहिले पहिलो चरणअन्तर्गत ४ लाख ५० हजार डोज खोप उपब्लध गराएको हो। त्यही खोप आवश्यकता अनुसार देशका सबै प्रदेशमा लैजान थालिएको हो।