भारतमा थप ४० हजारमा कोरोना संक्रमण,१ सय ९७ जनाको मृत्यु

काठमाडौं,चैत,१०-कोरोना संक्रमणको दोस्रो लहरको चपेटामा परेको भारतमा पछिल्लो २४ घण्टामा थप ४० हजार बढी संक्रमित भएका छन् । १ सय ९७ जनाको मृत्यु भएको छ ।

पछिल्लो तथ्याङक अनुसार भारतमा हालसम्म संक्रमितको संख्या १ करोड १६ लाख ८६ हजार ३३० पुगेको छ । ती मध्ये १ करोड ११ लाख ७९ हजार ५९ बिरामी निको भइसकेका छन् । संक्रमणबाट अहिलेसम्म १ लाख ६० हजारले ज्यान गुमाईसकेका छन् ।

दोस्रो लहरको संक्रमण पनि महाराष्ट्रमै बढी देखिएको छ । त्यसो त गत आइतबार मात्रै २४ घण्टामा संक्रमित हुनेको संख्या ४७ हजार ९ जना रहेको थियो । दुई सातामै भारतमा साढे एक लाखभन्दा बढी सक्रिय संक्रमितको वृद्धि भएको छ ।

कोरोना संक्रमण बढ्दै गएपछि भारतका केहि राज्यले लकडाउन घोषणा गरेका छन् । कोरोना संक्रमण वृद्धिकैबीच भारतमा खोप कार्यक्रम पनि उस्तै गतिमा बढाइएको छ ।

पछिल्लो २५ घण्टामा २५ लाख जनामा कोभिशिल्ड खोप लगाइएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । भारतमा अहिलेसम्म साढे ४ करोड बढीमा खोप लगाईसकिएको छ ।