बसको ठक्करबाट ७ बर्षिय बालकको मृत्यु

के-पी-घिमिरे/
नेपालगन्ज, बैशाख,३१-
बाँके जिल्लाको बैजनाथ गाउँ पालिका ६ जि गाउँ चोकमा नगर बसले ठक्कर दिदा पैदल यात्री जिल्ला बर्दिया गुलरिया नगर पालिका १२ बस्ने पैदल यात्री वर्ष ७ का बिक्की चौधरीको मृत्यु भएको छ ।

आज दिउसो १२:३० बजे निज चौधरीलाई ना-५ ख ५२८६ न- को नगर बसले ठक्कर दिई निजलाइ तत्काल नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा लगिएको थियो ।

निज सिकिस्त भएको हुँदा त्यहाँबाट रिफर गरी भारतको लखनउ लैजाने क्रममा नेपालगन्ज पुग्दा निजको मृत्यु भएको थियो। इलाका प्रहरी कार्यालय कोहलपुरले बस चालक र बसलाई नियन्त्रणमा लिएको कुरा प्रहरी हवलदार कृष्ण पुनले जानकारी दिनुभयो ।