“घरज्वाइँ”फिल्म टोकियोमा प्रदर्शन

टोकियो पुगेर अभिनेत्री मिरुना मगरले दिईन् दर्शकलाई धन्यवाद ॥

फाईल तस्विरमा : अभिनेत्री मिरुना मगर संग, जापान स्थित नेपाली राजदुत दुर्गा बहादुर सुवेदी, संगै गैर आवासिय नेपाली संघ जापानका अध्यक्ष !!

टोकियो,जापान,साउन,२७,अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरको अभिनित फिल्म ‘घरज्वाइँ” फिल्म आज अगस्ट ११ तारिख आईतवार टोकियोमा प्रदर्शन भएको छ।

नेपाल मगर संघ जापानको आयोजनामा प्रदर्शन भएको “घरज्वाइँ” फिल्मका अभिनेत्री मिरुना मगरले दर्शक संगै बसेर  फिल्म हेरेका थिए।

नेपाल मगर संघ जापानको आयोजनामा यो फिल्म जापानव्यापी रिलिज हुनेछ।यो फिल्म जापानका विभिन्न शहरहरुमा लाग्नेछ,यस्तै अगष्ट १४ मा नागोया शहरमा लाग्ने छ,भने अन्य दिन ओसाका, सिजुओका, फुकुओका, क्योटो, हिरोसिमा, ओकिनावा लगायतका शहरमा पनि फिल्म प्रदर्शन हुने आयोजक टिमले जनाएको छ।आयोजकका अनुसार दर्शकको मागअनुसार अभिनेत्री मिरुना मगर टोकियो आई पुगेकि हुन्।

प्रदर्शनमा नेपाली राजदूत दुर्गाबहादुर सुवेदीसहित गैरआवासीय नेपाली संघका प्रतिनिधिको पनि सहभागिता रहेको थियो।घरज्वाइँ फिल्म नेपालको पूर्वी रुकुमस्थित तकसेरा, बाच्चिगाउँ र लुगुम गाउँमा छायांकन गरिएको फिल्मले मगर समुदायमा प्रचलित घरज्वाइँ प्रथा र उक्त क्षेत्रमा हुने जवर्जस्ती विवाह गर्ने परम्परागत शैलीलाई छायाँङकनमा देखाईएको छ।

टोकियो पुगेर अभिनेत्री मिरुना मगरले के भनिन् ॥

टोकियोमा फिल्म प्रदर्शन हुनु पुर्व दर्शक सामु देखिएका अभिनेत्री मिरुना मगरले भनिन, यो “घरज्वाइँ” फिल्म नेपालमा पनी अत्याधिक मन पराईदिनु भएको र जापान लगायत अन्य मुलकमा अर्थात विदेशमा पनि यो फिल्म उत्तिकै मन मराईदिनु भएको र विदेशमा बसेर पनि आफ्नो पसिना बगाई काम गरेर नेपाली फिल्म लाई मन पराईदिनु भएकोमा अभिनेत्री मिरुना मगरले उपस्थित दर्शकलाई धन्यवाद आभार व्यक्त गर्दै आगामी दिनमा पनि यसरी नै आफ्ना फिल्महरुलाई मन पराईदिनु हुनेछ,भन्नेमा आशा व्यक्त गरिन्।साथै उनले भनिन:फिल्म हेरे पछि आफू यो फिल्म प्रति दर्शकको प्रतिकृया सुन्न आतुर रहेको बताउदै दर्शक संगै बसेर फिल्म हेरेका थिए।

अनिल बुढा मगरको निर्देशन र जनक घर्ती मगरको निर्माण रहेको फिल्ममा दयाहाङ राई र मिरुना मगरको अभिनय छ । यो फिल्म शुक्रबारदेखि ५औं हप्तामा प्रवेश गरेको छ।

फाईल तस्विर : घरज्वाइँ हेर्न उपस्थित दर्शक !!

टोकियो स्थित बुन्क्यौ सिभिई सेण्टर हलमा प्रदर्शनको भएको घरज्वाइँ फिल्म हेर्न सन्तोष जनक दर्शकको उपस्थित रहेको आयोजक टिमले बताएको छ।