कांग्रेस र एमालेबीच कडा प्रतिस्पर्धा

मतपरिणाम आउने क्रम जारी

काठमाडौं, जेठ,५-

३ प्रदेशका ३४ जिल्लाको २८१ स्थानीय तहका लागि भएको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । पछिल्लो मत गणना सम्पन्न भएका २३६ स्थानमध्ये प्रमुख प्रतिपक्षी दल नेकपा एमाले ९५ स्थानमा विजयी हासिल गरेको छ भने नेपाली कांग्रेसले ९१ स्थानमा विजयी भएको छ ।

यस्तै, माओवादी केन्द्र ४४ स्थानमा विजयी हुँदा राप्रपा तथा नयाँशक्तिले एक – एक स्थानमा विजयी हासील गरेका छन् । र अन्यमा ४ जना स्वतन्त्र उम्मेदवार विजयी भएका छन्। मतगणना जारी रहेका जिल्लाहरुमा कांग्रेस र एमालेबीच नै कडा प्रतिस्पर्धा भइरहेको छ ।नेपालवाणीबाट