टोकियोमा पहिलो पटक क्षत्री समाज गठन

फाईल तस्विरमा: क्षत्री समाजका कार्यसमिति

टोकियो,साउन,२८-जापानको राजधानी टोकियोमा पहिलो पटक क्षत्री समाज गठन भएको छ।नरेशबहादुर जिसी क्षेत्रीको अध्यक्षतामा २९ सदस्यीय कार्यसमिती चयन गरिएको हो।

यस्तै समाजको उपाघ्यक्षमा शुक बहादुर के.सि. सचिवमा सरोज कार्की,सहसचिवमा एस.बि. साउॅंद र कोषाध्यक्षमा रोशन प्रताप क्षेत्री रहनुभएको छ।

कार्यक्रममा बोल्दै वृहत्त क्षेत्री समाजको एकता र संगठनको आवश्यकता महशुस गरी टोकियोमा पहिलो पटक समाज गठन गरिएको अध्यक्ष जिसीले बताउनुभयो।

कार्यक्रममा गैर आवासीय नेपाली संघ जापानका केन्द्रिय सचिव दिपेश केसी, सह-कोषाध्यक्ष अन्जु भण्डारी क्षेत्री, स्याङ्जा समाज जापानका वरिष्ठ उपाध्यक्ष वेद कार्की,
यस्तै रामजंग कार्की,शिव बहादुर थापालगायतले महत्वपूर्ण विचार व्यक्त गर्नुभयो ।

समाज विस्तारमा लागि पर्दै सांस्कृतिक र सामाजिक कृयाकलापमा अग्रसर हुने वक्ताहरुको भनाई छ।

यस्तै समाजको अभियानमा साथ दिन र हातेमालो गर्न उहाहरुले सम्पूर्ण क्षेत्री समुदायलाई आग्रह समेत गर्नुभयो।
क्षत्री समाजको आगामी कार्यदिशा र रणनीतिबारे वृहत्त छलफल गर्दै कार्यक्रम समापन भएको थियो।

शिव बहादुर थापाको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथी क्षत्री समाज नेपाल जापान प्रवास शाखा, विदेश विभाग ईन्चार्ज हंशराज ढकाल रहनु भएको थियो।