जापानको फुकुओकामा फुटसल प्रतीयोगीता हुने

फुकुओका,जापान,असार,८-

जापानको फुकुओकामा फुटसल प्रतीयोगीता हुने भएको छ । खुकुरी एफ.सी.को आयोजनामा तेस्रो समर कप फुटसल प्रतीयोगीता २०१८ हुन लागेको हो । 

फुटसल प्रतीयोगीता यहि असाढ २३ गते शनीबार अर्थात जुलाई ७ तारिख (दोयोबि) का दिन फुकुओकाको हिगासी कु मात्सुईयामा बिहान १० बजेबाट शुरु हुने आयोजक टिमका सदस्य सन्जीव राना मगरले बिहानीलाई जानकारी दिनुभएको छ । 

उहाँका अनुसार फुकुओकालाई फुटसलमय बनाउनका लागी विगतका वर्षहरुमा जस्तै यस वर्ष पनी निरन्तरता दिन लागीएको बताउनुभयो । यो प्रतीयोगीतालाई भव्य र सभ्य तरीकाले सम्पन्न गर्न सम्पुर्ण तयारी भईरहेको पनी जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो अब श्री गणेश खुकुरी एफ.सी नेपलीज काम्युनीटी फुकुओका एउटा फुटसल ग्रुप र फुटसल प्रतीयोगीता संचालन गर्ने ग्रुप मात्र नभएर सामाजीक क्षेत्रमा पनी सहकार्य गर्ने ग्रुप भएको जानकारी दिनुभयो ।

उहाँले दिएको जानकारी अनुसार यो तेस्रो समर कप फुटसल प्रतीयोगीताबाट भएको फाईदा नेपालमा रहेका शिक्षाबाट बन्चीत बालबालीकाहरुलाई सहयोग गर्ने बताउनुभयो । अब धेरै समय बाँकि नभएको हुदा फुकुओका क्षेत्रमा बसोबास गर्दै आईरहनु भएका र फुटसल प्रतीयोगीतामा सहभागी हुन चाहाने ईच्छुक क्लवहरुलाई क्लव दर्ता गर्न पनी अनुरोध गर्नु भएको छ ।

फुटसल प्रतीयोगीतामा विजयी हुनेलाई ३ लाख जापानीज एेन सहित  ट्रफि मेडल पुरस्कार रहेको छ, भने प्रथम रनर अपलाई १ लाख ५० हजार ट्रफि मेडल यस्तै दोस्रो रनर अपलाई ५० हजार ट्रफि मेडल त्यस्तै तेस्रो रनर अप लाई ईन्ट्री फि फ्रि र ट्रफि मेडल पुरस्कार रहेको छ ।

प्रतीयोगीतामा सहभागी हुन चाहाने क्लवले दर्ता गराउनु पर्नेछ । क्लव दर्ताका लागी जापानीज ऐन ३५ हजार लाग्नेछ ।