तनहुँ,कार्त्तीक,२०-
तनहूँ जिल्लाको देवघाट गाउपालिका वडा नं.२ मा रहेको श्री सर्वोदय नि मा.वि मा भु पु बिद्दार्थी सँघले शैक्षीक सामाग्री वितरण गरेको छ ।

जिल्लाको दुर्गम कछार क्षेत्र भनेर चिनीने ब्यागन मा रहेको श्री सर्वोदय नि मा बि मा शैक्षिक स्तर उन्नती गर्ने हेतुले शैक्षीक सामाग्री हस्तान्त्ररण गरेको हो । संघले स्कुललाई २ वटा कम्प्यूटर, खेलकुदका सामग्री संगै छात्र बृद्धि प्रदान गरेको छ ।

भु पु बिद्दार्थी सँघले विगत देखि त्याहाँको शैक्षीक स्तरलाई माथी उकास्नको लागी विभिन्न कामहरू गर्दै आईरहेका छन् । भु पु बिद्दार्थी सँघले गरेको राम्रो काम प्रती सोहि विद्यालयका शिक्षक र विद्यार्थीहरुले सर्हाननीय व्यक्त गर्दै सहयोगको निम्ती धन्यवाद ज्ञापन दिएका थिए ।