सिन्धुली, कात्तिक,२०-
कार्त्तीक महिनामा मात्र नेपालका विभिन्न ठाँउमा भएको गाडी दुर्घटनाले यात्रा गर्दा दुर्घटना हुने दरले जनत्रास फैली रहेको बेला फेरी दुर्घटना भएको छ ।

सिन्धुलीको फिक्कल गाउँपालिका–४ खाङसाङमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । बा ७ च ३९९५ नम्बरको बोलेरो जिप उकालो चढ्ने क्रममा ब्रेक फेल हुँदा दुर्घटनामा परेको हो ।
मृत्यु हुनेमा फिक्कल गाउँपालिकाका अम्बरबहादुर दर्लामी, रामप्रसाद वराल, दिलबहादुर मगर र नरबहादुर बलमपाखी रहेका छन् ।
दुर्घटनामा पाँच जना घाइते भएका छन् । घाइतेमध्ये धनबहादुर मगरको अवस्था गम्भीर छ । उनलाई उपचारका लागि काठमाडौं ल्याइएको छ । जिप चालक यज्ञबहादुर रानामगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यो पनी पढ्नुहोस ।
त्रिशुली नदी बस दुर्घटनामा परी मृत्यु हुनेको सङख्या ३१ पुग्यो
सम्बन्धीत समाचार
अपडेट : गुल्मीमा माइक्रोबस दुर्घटना, ८ जनाको मृत्यु, ५ घाइते
सम्बन्धीत समाचार