साफ महिला च्याम्पियनसिप : नेपालले भारतको सामना गर्ने

फाईल तस्विर

काठमाडौं,कार्तिक,११-साफ महिला च्याम्पियनसिप फुटबलको सेमिफाइनल खेलहरु आज हुँदैछन्।

त्रिपुरेश्वरको दशरथ रंगशालामा जारी प्रतियोगिताको पहिलो सेमिफाइन खेलमा बंगलादेश र भुटान भिड्नेछन्।खेल दिउसो साँढे तीन बजे शुरु हुनेछ।

आजै हुने दोस्रो सेमिफाइनल खेलमा आयोजक नेपालले भारतको सामना गर्नेछ।यो खेल साँझ साँढे ६:३० बजे शुरु हुनेछ।

साफ महिला च्याम्पियनसिपमा पाँच पटक फाइनलमा पुगेको नेपालले अहिलेसम्म उपाधि जित्न सकेको छैन।नेपालको प्रतिद्धन्दी भारतले भने पाँच पटक उपाधि जितिसकेको छ। बंगलादेश एकपटक च्याम्पियन भएको छ।

लगातार तेस्रो पटक साफ महिला च्याम्पियनसिप आयोजना गरिरहेको नेपाल भने यसपटक उपाधि घरमै राख्ने अभियानमा रहेको छ ।