दोस्रो गोल्डकप फुटबल प्रतियोगिता फागुन २६ गतेदेखि

मधुपौडेल,

बाँके,फागुन २२-
दोस्रो नेपालगञ्ज गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । यही फागुन २६ गतेदेखि नेपागलञ्जमा दोस्रो ए डिभिजनको गोल्डकप प्रतियागिता हुने भएको हो । बाँके जिल्ला फुटबल संघले आइतबार नेपालगञ्जमा पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिता आयोजना गर्न लागेको जनाएको छ ।

पहिलो गोल्डकपको बिजेताको पुरस्कार राशीभन्दा दोस्रो गोल्डकप प्रतियोगिताको बिजेताको पुरस्कार राशी दोब्बर बनाएको छ । पत्रकार सम्मेलनमा बोल्दै बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले यो पटकको बिजेताले पाउने पुरस्कार राशी पाँच लाख र उपबिजेताको ढाई लाख पु¥याइएको बताउनुभयो ।

राजधानी बाहेक पनि पश्चिम क्षेत्रको नेपालगञ्जमा पनि ठुलो प्रतियोगिता आयोजना गर्न सकिने कुरालाई यर्थाथमा परिणत गर्न र प्रतियोगितामा सबैको ध्यान तान्न पुरस्कार राशीको रकम बढाइएको अध्यक्ष शाहीले जानकारी दिनुभयो । चैत्र ६ गतेसम्म चल्ने प्रतियोगितामा ८ वटा ए डिभिजनका टिमको सहभागिता रहने जनाइएको छ ।