नेपालगंजमा ५ दिने च्याउ खेती तालीम शुरु

बाँके,फागुन २२ –
नेपालगंजमा ५ दिने च्याउ खेती तालीम शुरु भएको छ । सामीजीक परिचालन तथा शहरी गरिबी न्यूूनीकरण कार्यक्रम अन्तर्गत ५ दिने च्याउ खेती महिला समुह अन्र्तगत दोस्रो तालीम आज (आईतबार) बाट शुरु भएको हो । नेपालगंज उपमहानगरपालिकाको आयोजना तथा जयपृथ्वी सामुदायिक सिकाई केन्द्रको सहजिकरणमा तालीम सञ्चालन गरिएको हो ।

कार्यक्रममा प्रकृती मानव केन्द्रित जनअभियानका विन्दु राज सापकोटाले च्याउ खेती सबैका लागि आवश्य पर्ने भएको हुनाले यसमा रसायीनीक प्रयोग नगरी अर्गानीक प्रयोग गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुुभयो कृषिमा रसायीनीक प्रयोग भएको पाईएको र त्यसले मानव स्वास्थ्यमा असर गर्ने भन्दै अब च्याउ खेतीमा भने त्यस्तो हुन नदिने बताउनुुभयो । उहाँले च्याउ खेतीमा पनि विशुद्ध अर्गानीक उत्पादन गर्न सकिने भएकोले त्यस्ता कुरामा ध्यान दिन तालीममा सहभागि भएकाहरुलाई अनुरोध गर्नुभएको छ ।

यस्तै जयपृथ्वी सामुदायिक सिकाई केन्द्रका अध्यक्ष तारा खनालले पनि च्याउ खेती सबैका लागि आवश्य भएको र यो च्याउले कुनै पनि मानव जिवनमा असर नगर्ने भएको प्रमाणित भईसकेकोले यसको प्रचार प्रसार सबैले गर्नुु आवश्यक रहेको बताउनुुभयो । उहाँले कुुनै च्याउ खेती किसानले उत्पादन गरेको च्याउ विक्री नभएमा आफुूहरुले ती बिक्री नभएका च्याउलाई सुुकाएर प्याक गरि काठमाण्डौ.पठाई विक्री गर्नेे व्यवस्था गरेकोले ढुुक्क भएर च्याउ उत्पादनमा सक्रिय बन्न समेत सहभागिलाई आग्रह गर्नुभएको छ । तालीममा च्याउ खेतीका फाईदाहरुका बारेमा पनि सिकाईएको छ ।

नेपालगंजमा ५ दिने च्याउ खेती तालीम शुरुकिसानले च्याउ खेतीको तालीम लिदाँ महिलाहरुको घरको फुर्सदको समयमा सदुुपयोग हुने ,दैनीक तरकारीको आवश्यकता पूूर्तीहुुने र यो अर्गानिक हुुने भएकाले स्वास्थ्यमा सुुधारल्याउने,पारिवारिक सद्भावनामा सन्तुुष्टि बढ्ने ,आम्दानीमा थप हुने,यसले सामुुहिक आवाजद्धारा आफ्ना हक अधिकार प्राप्त हुने,विकास निमार्ण कार्यमा सक्रियता बढ्ने,शिक्षा स्वास्थ्य र सरसफाईमा सुुधार आउने,श्रमलाई सम्मान हुने समाजको निमार्ण हुने,च्याउको प्रयोग गर्दा सबै खालका रोगलाई लाभदायीपुर्ण हुने जस्ता व्यवहारीका कुराहरु पनि तालीमा सिकाईने भएको छ ।तालीममा विभिन्न समुुह तथा जेष्ठ नागरिक समुुहबाट छनोट गरि २५ जना महिलाले सहभागिता जनाएका छन् ।

च्याउ खेती तालीमको प्रशिक्षक भने निर्मल रेग्मीले दिईरहनुु भएको छ । यस अघि पनि नेपालगंज उपमहानगरपालिकाको आयोजना र जयपृथ्वी सामुुदायिक सिकाई केन्द्रको सहजिकरणमा २९ जना जेष्ठ नागरिकलाई ५ दिने च्याउखेती तालीम दिएको थियो ।तालीम नेपालगंज २४ काँरकादोमा रहेको जयपृथ्वी सामुुदायीक सिकाई केन्द्रको हलमा सञ्चालन भईरहेको छ ।आजबाट शुरु भएको तालीम फागुन २६ गते सम्म चल्नेछ ।