साईन एण्ड क्लिन सर्भीस प्रा.ली को उद्घाटन

कम्पनीले जर्मन केमीकलद्वारा सर्भीस दिने

काठमाण्डौं ,फाल्गुन,६-

विगत ५ वर्ष देखी संचालन हुँदै आएको SHINE AND CLEAN SERVICE PVT.LTD अब थप सेवा सुविधा र नयाँ व्यवस्थापनका साथ संचालनमा आएको छ ।

यहि फेब्रअरी १४ तारिखका दिन लीतपुरको भैंसीपाटीमा कम्पनीको उद्घाटन गरिएको थियो ।

३ जना पाटर्नरसिपमा नयाँ व्यवस्थापनका साथ कम्पनी संचालनमा आएको हो । पाटर्नरसिपमा निपेन वाङ लामा, सरोज खड्का, रिना बोहरा रहेका छन् ।

उक्त कम्पनीले जर्मन केमीकलद्वारा कार्पेट, शोफा, कार, टाईल सफा गर्ने , मार्बलमा पोलीस गर्ने जनाएको छ ।

पछिल्लो समय ग्रहक वर्गहरुले उपयोग गर्दै आएका गुणस्तरीय सामानको राम्रो सर्भिस दिने उद्देश्यका साथ कम्पनी संचालनमा ल्याईएको कम्पनीका मालीक रिना बोहराले जानकारी दिनुभयो ।