गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादबारे सुनुवाई आज हुँदै

काठमाडौं,माघ,१३-उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेबिरुद्धको नागरिका सम्बन्धी मुद्दाको आज सुनुवाई हुँदैछ ।

बुधवार संवैधानिक पूर्ण इजलासमा सुनुवाई हुन नसकेपछि आजका लागि सुनुवाई तोकिएको थियो ।

बुधवार कायम मुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई, अनिल कुमार सिन्हाको इजलासमा सुनुवाइ भएको थियो । 

लामो समय देखि विवादित बन्दै आएको लामिछानेको नागरिकता विवाद उनि गृहमन्त्री भएपछि झन चर्किदै गएको छ ।