इन्डियन प्रिमियर लिग (आइपिएल) को उपाधी चेन्नईलाई

ईण्डीया,जेठ,१६-चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को उपाधि जितेको छ । फाइनलमा गुजरात टाइटन्सलाई डकवर्थ लेविस पद्धतिको आधारमा पाँच विकेटले पराजित गर्दै उपाधि जितेको हो।योसँगै चेन्नईले पाँचौं पटक आइपिएलको उपाधि जितेको छ ।

जितको लागि १ सय ७१ रनको विशाल विजयी लक्ष्य पछ्याएको चेन्नईले निर्धारित १५ ओभरमा ५ विकेट गुमाउँदै रन बनायो । जितको लागि अन्तिम २ बलमा १० रन चाहिँदा रविन्द्र जडेजाले छक्का र चौका हान्दै खेल जिताएका हुन् ।

वर्षाको कारण पाँच ओभर घटाइएको थियो।सुरुमा २ सय १५ रनको विशाल विजयी लक्ष्य पछ्याउनेक्रममा पहिलो ओभरमा वर्षा भएपछि लामो समय खेल रोकिएको थियो ।

चेन्नईका शिबम दुबे २१ बलमा २ छक्कासहित ३२ रनमा नट आउट रहे । रविन्द्र जडेजा ६ बलमा १ चौका र १ छक्कासहित १५ रनमा नट आउट रहे।

चेन्नईलाई उपाधि जित्न ६ बलमा १३ रन चाहिँएको थियो । मोहित शर्माले पहिलो बल योर्करका साथ दुबेलाई डट राखे । दोस्रो बलमा एक रन बटुलेपछि ४ बलमा १२ रन चाहिँएको थियो । दोस्रो बल पनि उनले योर्करनै हालेका थिए । तेस्रो बलमा जडेजाले पनि एक रन नै बटुले । चौथो बलमा पनि एकरन नै दिएपछि उपाधि कठिन बनेको थियो ।

पाँचौं बलमा जडेजाले छक्का हानेपछि खेल रोचक बनेको थियो । अन्तिम बलमा जितको लागि चार रन चाहिँएको थियो । अन्तिम बलमा लेग साइडतर्फ आएको बल जडेजाले चौका हान्दै उपाधि पक्का गराएका हुन् ।

चेन्नईलाई ओपनर ऋतुराज गायकवाड र डेभन कन्वेले ६.३ ओभरमा ७४ रन जोड्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । तर स्पिनर नुर अहमदको सातौं ओभरमा दुबै ओपनर आउट भएपछि चेन्नई दबाबमा परेको थियो । गायकवाड १६ बलमा ३ चौका र १ छक्कासहित २६ रनमा आउट भए । उनी तेस्रो बलमा राशिद खानबाट क्याच आउट भएका थिए ।

ठूलो सट खेल्ने धुनमा कन्वे मोहित शर्माबाट क्याच आउट भए । कन्वेले २५ बलमा ४ चौका र २ छक्कासहित ४७ रनमा आउट भए । अजिंक्या रहाणे १३ बलमा २ चौका र २ छक्कासहित महत्वपूर्ण २७ रन जोड्दै आउट भए । उनी मोहित शर्माको बलमा विजय शंकरबाट क्याच आउट भए ।

आफ्नो आइपिएल करिअरको अन्तिम खेल खेलेका अम्बाती रायुडू ८ बलमा १ चौका र २ छक्कासहित १९ रनमा मोहित शर्माको बलमा कट एण्ड बोल्ड आउट भए ।

धोनी टोलीलाई १४ बलमा २२ रन चाहिँएको अवस्थामा क्रिजमा आएका थिए । तर उनी मोहित शर्माको बलमा डेविड मिलरबाट क्याच आउट भए । त्यसपछि १३ बलमा २२ रन चाहिँएको थियो ।

त्यसअघि नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा टस हारेर पहिला ब्याटिङ थालेको घरेलु टोली गुजरातले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय १४ रन बनाएको थियो ।

गुजरातलाई विशाल योगफलमा पुर्याउन युवा ब्याटर साई सुदर्शनले ४७ बलमा ८ चौका र ६ छक्कासहित सर्वाधिक ९६ रनको सानदार इनिङ खेले। अन्तिम ओभरमा तीव्र गतिका बलर मथिसा पाथिरानालाई लगातार तेस्रो छक्का हान्ने धुनमा एलबीडब्लू आउट भएपछि शतक पूरा गर्न चार रनले चुकेका थिए ।

अनुभवी विकेटकिपर ऋद्धिमान शाहले ३९ बलमा ५ चौका र १ छक्कासहित ५४ रनमा आउट भए । त्यस्तै शुभमन गिल २० बलमा ७ चौकासहित ३९ रनमा आउट भएका थिए । गिल जडेजाको सातौं ओभरको अन्तिम बलमा धोनीबाट स्टम्पिङ आउट भए । जडेजाको बल मिस भएपछि धोनीले उत्कृष्ट स्टम्पिङका साथ पहिलो विकेट चेन्नईलाई दिलाएका थिए ।

पहिलो विकेटका लागि गिल र ऋद्धिमान शाहले ७ ओभरमा ६७ रनको साझेदारी गरेका थिए । दोस्रो विकेटका लागि सुदर्शन र ऋद्धिमान शाहले ४२ बलमा ६४ रनको साझेदारी गरेका थिए । शाह दीपक चाहरको बलमा टप एज लागेर धोनीबाट १४ औं ओभरको अन्तिम बलमा क्याच आउट भए।

हार्दिक पान्ड्या १२ बलमा २ छक्कासहित २१ रनमा नट आउट रहे । तेस्रो विकेटका लागि हार्दिक र सुदर्शनले ३३ बलमा ८१ रनको साझेदारी गरेका थिए । चेन्नईका मथिसा पाथिरानाले ४ ओभरमा ४४ रन खर्चेर २ विकेट लिए । दीपक चाहर र रविन्द्र जडेजाको नाममा समान एक विकेट रह्यो ।

लिग चरणमा गुजरात शीर्ष र चेन्नई दोस्रो स्थानमा रहँदै प्लेअफमा स्थान बनाएका थिए।पहिलो क्वालिफायरमा चेन्नईले गुजरातलाई हराउँदै फाइनलमा स्थान बनाएको थियो।गुजरातले दोस्रो क्वालिफायरमा मुम्बईलाई हराउँदै फाइनलमा स्थान बनाएको थियो ।हाम्रो खेलकुदडटकमबाट