नेपालगन्जको होटल ह्वाईट हाउसमा डिस्को कार्यक्रम हुने

रञ्जीता ढकाल (थापा)
बाँके,चैत १४-
नेपालगन्जको गनापुरमा रहेको होटल ह्वाईट हाउस रिजेन्सी प्रालीले  नयाँ बर्ष २०७४ को अवसरमा आगामी बैशाख १ गते वाटर डिस्को डान्स लगायतका विविध साँस्कृतिक कार्यक्रम गर्ने भएको छ ।

होटल पूर्ण सञ्चालनका लागि ७० प्रतिशत काम सकिएको ह्वाईट हाउसमा मध्यपश्चिम क्षेत्रमै पहिलो पटक यस्तो कार्यक्रम गर्न लागिएको होटलका प्रबन्धक निर्देशक भरत विलास पराजुलीले बताउनुभयो ।

अहिलेसम्म ११ करोड लगानी भैसकेको उक्त प्रालीमा बैशाख १ गते गरिने उक्त कार्यक्रमका लागि  तयारी पुरा भैसकेको उहाँले जानकारी दिनुभएको छ ।

उक्त कार्यक्रममा नेपालका चर्चित कलाकारहरुको सहभागिता रहनुका साथै दुई जना भारतीय वोडी विल्डरहरुको पनि प्रस्तुती रहने भएको होटलका सञ्चालक खगेन्द्र गौतमले जानकारी दिनुभयो ।