दाहाल र सीबीच ३५ मिनेट भेटवार्ता, निर्वाचनका लागि ९ मिलियन युयान सहयोग

काठमाडौं, चैत १४ –
प्रधानमन्त्री पुष्पकमल दाहाल र चीनका राष्ट्रपति सी जिनफिङबीच द्विपक्षीय सहयोग आदान–प्रदान तथा आपसी सहकार्य गर्ने विषयमा छलफल भएको छ ।चीनको राजधानी बेइजिङस्थित ग्रेट अफ द पिपुलमा सोमबार भएको भेटवार्ता महत्वपूर्ण तथा उपलब्धिमूलक रहेको प्रधानमन्त्रीले बताएको उनका प्रेस सल्लाहकार गोविन्द आचार्यले राससलाई जानकारी दिनुभयो ।

उनकाअनुसार उक्त भेटमा चीनका राष्ट्रपति जिनफिङले आगामी वैशाख ३१ गते हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागि ९ मिलियन युयान सहयोग गर्ने प्रतिबद्धतासमेत जनाउनु भएको थियो ।सो अवसरमा प्रधानमन्त्री दाहालले वि।सं। २०७२ को गोरखा भूकम्पपछि बन्द भएको तातोपानी नाका सन्चालन गर्न र नेपालसँग रेल्वे विकास गर्ने विषयमा चीनको सहयोग आवश्यक भएको बताउनु भएको थियो ।

यस उच्चस्तरीय छलफलले नेपाल–चीन सम्बन्धको विकासमा महत्वपूर्ण आयाम थपेको बताउँदै उनले नेपाल र नेपाली जनता ‘एक चीन नीति’प्रति प्रतिबद्ध रहेको बताउनु भएको थियो ।नेपाल र चीनबीचको सम्बन्ध सदियौंदेखिको भौगोलिक तथा सांस्कृतिकरूपमा दरिलो रहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले चीनले नेपाललाई स्वच्छ हृदयले गरेको सहयोगप्रति आभार व्यक्त गर्नु भएको थियो ।

puspakamal dahal toli in chinaनेपाल लामो राजनीतिक संक्रमणपछि स्थायित्व र समृद्धिको बाटोमा अगाडि बढेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले चिनियाँ रेल ल्हासाबाट काठमाडौं हुँदै लुम्बिनी पुगेको आफू र नेपाली जनताले हेर्न चाहेको बताउनु भएको थियो ।उनीहरूबीच करिब ३५ मिनेट भएको भेटवार्तामा प्रधानमन्त्री दाहालले उठाएका सबै विषयमा राष्ट्रपतिले सकारात्मक जवाफ दिनुभएको थियो ।

चीनका राष्ट्रपति जिनफिङले चीनको रेल सञ्जाल नेपालसँग जोड्ने र नेपालमा रेलको विकासमा आफैंले सक्रियता लिने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।नेपाल–चीनको तातोपानी नाका सन्चालन तथा अन्य नाका सन्चालन गर्न आफू र आफ्नो सरकार गम्भीर रहेको र त्यस विषयमा यथाशक्य चाँडो लागिपर्ने प्रतिबद्धता व्यक्त गर्दै चीनका राष्ट्रपति जिनफिङले दुई देशबीचका अन्य सम्भावित नाका सन्चालन गर्ने विषयमा सकारात्मक जवाफ दिनुभएको थियो ।

चीनका राष्ट्रपति जिनफिङसँगको छलफल सोचेभन्दा महत्वपूर्ण भएको प्रधानमन्त्री दाहालले जवाफ दिएको उनका प्रेस सल्लाहकार आचार्यले जानकारी दिनुभयो ।उहाँका अनुसार नेपालले उठाएका सबै विषयको सकारात्मक सम्बोधन हुनु र अझ राष्ट्रपति आफैं नेपालको राजनीतिक स्थायित्व, विकास, समृद्धिसहित पूर्वाधार विकास, रेल्वे र नाका खोल्नेजस्ता विषयमा चासोका साथ प्रस्तुत हुनुभएको थियो ।

puspakamal dahal toli in chinaसो अवसरमा प्रधानमन्त्री दाहालले चीनका राष्ट्रपति जिनफिङलाई नेपाल भ्रमणको निम्तो दिनुभएको थियो ।जवाफमा चीनका राष्ट्रपति जिनफिङले चाँडै नेपाल भ्रमण गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।सो अवसरमा परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत, परराष्ट्रसचिव शंकरदास बैरागी, चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याल, नेपालका लागि चिनियाँ राजदूत यु होङलगायतका उच्चस्तरीय प्रतिनिधिमन्डलको सहभागिता रहेको थियो ।साभार ईमेजखबरबाट