लिम्बुवान पार्टी नेपालले आह्वान गरेको बन्दका कारण पूर्वको नौ जिल्लाको जनजिवन प्रभावित

ताप्लेजुङ, मंसिर ३०- संघीय लिम्बुवान पार्टी नेपालले आह्वान गरेको बन्दका कारण पूर्वको नौ जिल्लाको जनजिवन प्रभावित बनेको छ ।संविधान संशोधन गरी पूर्वी नेपालका नौं जिल्लालाई लिम्बुवान प्रदेशमा राख्नुपर्ने, झापा, मोरङ र सुनसरीलाई टुक्राई अर्को प्रदेशमा राख्न नहुने र देशमा मौलाईरहेको भ्रष्टाचार नियन्त्रणको माग गर्दै संघीय लिम्बुवानले आज पूर्वी नेपाल बन्दको आह्वान गरेको हो ।

बन्दको कारण विहानैदेखि ताप्लेजुङ सहित पाँचथर, ईलाम, झापा, संखुवासभा, तेह्रथुम, धनकुटा, मोरङ र सुनसरीमा लामो तथा छोटो दुरीका सवारी साधन चल्न सकेका छैनन भने बजार पसल, कलकारखाना र शैक्षिक संस्थासमेत बन्द रहेका छन् ।

सरकारले संसदमा पेश गरेको संविधान संशोधन प्रस्तावमा लिम्बुवान प्रदेशको विषयलाई नसमेटिएकोमा पार्टीको मुख्य असन्तुष्टि रहेको संघीय लिम्बुवान पार्टी नेपाल ताप्लेजुङका अध्यक्ष कुमार साम्यूले जानकारी दिनुभयो ।