माओवादी केन्द्र आन्तरिक छलफलमा, बैठक अपरान्ह ४ बजे बस्ने

काठमाडौं, मंसिर ३०- नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालयको बैठक आज बस्ने भएको छ । केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल निवास लाजिम्पार्टमा अपरान्ह ४ बजे बैठक बोलाइएको छ ।बैठकमा पार्टीको संगठनात्क संरचना कस्तो बनाउने भन्नेबारेमा कार्यदलले तयार पारेको प्रतिवेदनमा विशेष छलफल हुने पार्टी प्रवक्ता पम्पा भुषालले जानकारी दिनुभयो ।

बैठकमा विभिन्न स्थानमा बाँकी रहेको गाउँ, नगर, जिल्लाको सम्मेलन तथा निर्वाचन, राष्ट्रीय भेला तथा त्यसको कार्य विधी कस्तो रहने भन्नेबारेमा निर्णय हुन सक्ने प्रवक्ता भुषालले जानकारी दिनुभयो ।

बैठकमा राष्ट्रीय भेला, आयोजक समिति संख्या र स्थानीय निकायको निर्वाचनको तयारीबारेमा पनि छलफल हुने छ । बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने छ ।तीन दलको बैठकमा स्थानीय निकायको निर्वाचनको मिति तोक्ने विषयमा सहमति भएपछि पार्टीले खेल्ने भुमिकाका विषयमा पनि छलफल हुने प्रवक्ता भुषालले जानकारी दिनुभयो ।