प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता

काठमाडौं,माघ,१०-प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार बिहान दुई नेताबीच भेटवार्ता भएको हो।

भेटका क्रममा निकट भविष्यमा हुने राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन, राष्ट्रिय सभाको उपनिर्वाचन, प्रदेश सरकारहरूमा मन्त्रिपरिषदलाई पूर्णता लगायतका विषयमा छलफल भएको बालुवाटार स्रोतले जनाएको छ।