नेपालमा थप २० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५ सय ७ पुग्यो

बाँकेका २१ जना कोरोना संक्रमितहरु निको भए

काठमाडौं,जेठ,९-नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ५ सय ७ पुगेको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले शुक्रबार थप २० जनामा कोरोना संक्रमण भएको पेष्टि भएको छ ।यो संगै संक्रमितको संख्या ५ सय ७ सय पुगेको छ । अहिलेसम्म ७० जना डिस्चार्ज र ३ जनाको मृत्यु भएको छ ।      

यस्तै:बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा उपचार गराइरहेका २१ जना डिस्चार्ज भएका हुन् ।कोरोनालाई जितेर घर फर्किनेहरुमा जिल्लाकै पहिलो कोरोना संक्रमित नेपालगन्ज उपमहानगरपालिका–८ का ६० वर्षका धर्मगुरुसमेत छन् ।

‘आइसोलेसन’मा उपचार गराइरहेका २८ जनामध्ये २१ जनामा पछिल्लो २४ घन्टाभित्र दुईपटक गरिएको ‘पीसीआर टेस्ट नेगेटिभ’ आएपछि डिस्चार्ज गरिएको हो ।आइसोलेसन अस्पतालका प्रमुख डा. प्रकाश थापाले बाँकी सातजनाको पनि स्वास्थ्य अवस्था सामान्य रहेको बताउनुभयो ।कोरोना ‘पोजिटिभ’ देखिँदैमा आत्तिनुनपर्ने र मनोबल उच्च बनाएमा कोरोनालाई जित्न सकिने डा. थापाले बताउनुभयो ।

यसैबिच:नेपालमा भने संक्रमित भएकामध्ये अहिलेसम्म ज्येष्ठ नागरिकको संख्या कम देखिएको छ ।तर, नेपालमा भने अहिलेसम्म संक्रमितमध्ये ज्येष्ठ नागरिकको संख्या कम छ । तीमध्ये काठमाडौंकी ८१ वर्षीय वृद्धा, चितवनकी ६३ वर्षीया र बागलुङकी ६५ वर्षीया महिलाले कोरोना जित्न सफल भए ।नेपालमा संक्रमितहरुको उमेर समूह हेर्ने हो भने औसतमा १५ देखि ५० वर्षका व्यक्ति बढी छन् ।