यमनको हुथी विद्रोहीको आक्रमण विरुद्ध साउदीलाई सहयोग गर्ने अमेरिकी आश्वासन

काठमाडौं,माघ,२७-यमनी हुथी विद्रोहीको बारम्बारको ड्रोन आक्रमणबाट सताईएको साउदी अरबलाई अमेरिकाले सहयोगको आश्वासन दिएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले साउदी राजा सलमान विन अब्दुल्लाहजिज अलसाउदलाई टेलिफोन गरी हुथिको आक्रमण विरुद्ध सहयोग गर्ने आश्वासन दिनुभएको हो ।

हुथी व्रिदोहीहरुले साउदी अरब र युएईका मूख्य मूख्य क्षेत्रमा ड्रोन र मिसाइल आक्रमणको गति बढाएपछि ह्वाइटहाउस सहयोगका लागि अघि सरेको हो ।

यमनमा झण्डै सत्ता कब्जाको चरणमा पुगिसकेका हुथी विद्रोहीलाई दबाउन सन् २०१५ मा अमेरिकी सहयोग र साउदी अबरले अगुवाई गरेको बदला लिन हुथी विद्रोहीले साउदी र खाडीका अन्य देशहरुलाई निशाना बनाउँदै आएका छन् ।

हुथीको आक्रमण बढेपछि अमेरिकाले साउदी र युएईमा रहेका आफ्ना नियोग र नागरिकलाई यस अघि नै सचेत रहन भनिसकेको छ ।

हुथी विद्रोहीहरुलाई इरानले सहयोग गरेको दाबी पनि गरिंदै आएको छ।खाडी देशहरुका संवेदनशील अखडाहरुमा हुथी विद्रोहीले निशाना लगाउँदै आएकोमा पछिल्लो समय ब्यापारिक कम्प्लेक्समा समेत आक्रमण गर्दा सर्वसाधारण समेत मारिन थालेका छन् ।

अमेरिकाले हुथीको आक्रमण निस्तेज पार्न सहयोग गर्ने आश्वासन दिए पनि त्यो कस्तो प्रकृतिको हुन्छ भन्ने खुलाइएको छैन् ।