लायन्स क्लब अफ नेपालगन्ज सिटीको माघे संक्रान्तिमा खिचडी खुवाउने कार्यक्रम सम्पन्न

नेपालगंज,माघ,२-

बाँकेको लायन्स क्लब अफ नेपालगन्ज सिटीले माघ १ गते मंगलबार माघे संक्रान्तिको अवसरमा नगरवासीहरुलाई खिचडी खुवाएको छ ।आफनो प्रत्येक वर्ष माघ १ गतेका दिन खुवाउदै आईरहेको खिचडी कार्यक्रम अन्तर्गत बागेश्वरी मन्दिर परिसरको पूर्व गेटमा एक कार्यक्रम गरि उक्त कार्यक्रम गरिएको थियोे ।

लायन्स क्लब अफ नेपालगन्ज सिटीका अध्यक्ष लायन सुनिल कुमार गुप्ता अध्यक्ष , प्रमुख अतिथि पूर्व लायन अध्यक्ष तथा नेपालगन्ज उद्योग वाणिज्य संघ बाँकेका अध्यक्ष नन्द लाल वैश्य प्रमुख अतिथि, एरिया चिफ सन्तोष पौडेल बिशिस्ट अतिथि , डिष्ट्रिक चियर पर्सन लायन जीवनारायण बेल्बासे, लायन्स क्लब अफ नेपालगन्ज एभरेस्टका अध्यक्ष सुदिप शर्मा, लगायतक विभिन्न लायन्सका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रम सञ्चालन लायन राजन राना मगरले गर्नुभएको थियो ।कार्यक्रममा लगभग ६०० जनालाई खिचडी खुवाएको अध्यक्ष लायन सुनिल कुमार गुप्ताले बताउनुभएको थियोे ।