उडानले भोलि शनिबार हाजिरी जवाफ प्रतियोगिता गराउँदै

नेपालगन्ज,जेष्ठ ,१७-


सामाजिक संस्था “उडान नेपाल”ले शनिबार भोलि हाजिरी जवाफ प्रतियोगिता गराउने भएको छ।

“युवाहरुको नेतृत्व तथा व्यक्तित्व विकास,हाम्रो उदेश्य “भन्ने मुख्य नारा सहित स्थापित संस्था “उडान”ले नेपालगन्ज स्थित विनायक गेष्ट हाउसमा उक्त प्रतियोगिता गराउन लागेको हो।

करिव बिहान १० बजे देखि सुरु हुने उक्त प्रतियोगिताको लागि २२ वटा समुहले आवेदन फाराम भरेको उडानका अध्यक्ष जनक थापाले जानकारी दिनुभयो। भोलि हुने प्रतियोगिताका लागि प्रमुख अतिथिको रुपमा काठमाडौंका प्रमुख सुचना आयुक्त कृष्णहरि बाँस्कोटा आउनुहुने पनि अध्यक्ष थापाले बताउनुभयो ।

प्रतियोगितामा प्रथम ,द्वितीय र तृतीय हुने समुहलाई क्रमशः नगद रु ३ हजार,दुई हजार र १ हजार संगै प्रमाणपत्र प्रदान गरिने छ।

यस भन्दा अगाडि उडानले थुप्रै कार्यक्रम तथा सामाजिक कार्यहरु सम्पन्न गरिसकेको छ।