एकैदिन ११ जना कोरोना संक्रमित थपिएपछि उदयपुर जिल्ला ‘सिल’

उदयपुर,वैशाख,९-उदयपुरको भुल्केमा थप ११ जनामा कोरोना संक्रमण भएको पुष्टि भएसँगै प्रदेश नम्बर–१ सरकारले मंगलबार देखी नै पूरै जिल्लालाई चारैतिरबाट ‘सिल’ गर्ने निर्णय गरेको छ ।

उदयपुरबाट अन्य जिल्लामा कोरोना संक्रमण फैलिन नदिन यस्तो निर्णय गरेको प्रदेश सरकारका सामाजिक विकासमन्त्री जीवन घिमिरेले जानकारी दिनमभयो ।

उदयपुर जिल्लामा पूर्णरुपमा ‘लकडाउन’ गर्ने र जिल्लाका सबै नाका सिल गर्ने निर्णय गरेको उहाॅंले जानकारी दिनुभयो ।

मंगलबार थपिएका ११ जना पनि भुल्केस्थित एक मस्जिदमा रहेका १२ जना कोरोना संक्रमितसँग सम्पर्कमा आएका व्यक्तिहरु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।