कोरोना महामारी : जापानमा एकैदिन २१ जनाको मृत्यु, संक्रमीत १२ हजार नाघ्यो

अहिले सम्म जम्मा २९३ को मृत्यु, २ हजार १ जना निको भए

जापान,बैशाख,१०-विश्वभरी महामारीको रुपमा फैलीरहेको कोरोना भाइरस (कोभिड–१९) का कारण जापानमा बुधबार बिहान सम्म २ सय ९३ जनाको मृत्यु भएको छ । एकै दिन २१ जनाको निधन भए संगै मृतकको संख्या २९३ पुगेको हो ।

एकै दिन नयाँ ३९१ जनामा संक्रमित देखिएको छ ।अहिले सम्म जापानमा कोरोना भाईरस संक्रमितको संख्या १२ हजार २ सय ३९ जना पुगेको छ।पछिल्लो तथ्यांक अनुसार निको हुनेको संख्या २ हजार १ जना उपचारपछि निको भएर घर फर्केका छन् । एकै दिन १ सय १७ जना निको भएका थिए |

बुधबार बिहान सम्म जापानका विभिन्न ठाँउ, ईबाराकी, गुन्मा, खानागावा, ईसिगावा, गिफु, ओसाका केनमा एक एक जना यस्तै होक्काईदो, साईतामा, चिबा, आईची केनमा दुई दुई जना त्यस्तै क्योउटो केनमा तिन जना र टोक्योमा मात्र ४ जना, गरी २४ जनाको एकै दिन निधन भएको थियो ।

अहिले सम्म जापान देश भित्रमात्र कोरोना भाईरस लागेका ११ हजार ५ सय १३ जना संक्रमीत छन्,भने २ सय ८१ जनाको ज्यान गईसकेको छ । यस्तै पानीजहाजमा ७१२ जना संक्रमीत जापानीज नागरिक रहेका छन् । त्यहाॅं १२ जनाको ज्यान गईसकेको छ । यस्तै हवाईसेवाबाट जापान आउदा १४ जना जापानीज नागरिक लाई संक्रमण देखिएको थियो ।

जापानको ४७ (केन) मध्य ४६ (केनमा) कोरोना भाइरसको संक्रमण देखिएको छ । अहिले सम्म जापानको कुन (केनमा) कती संक्रमित व्यक्ति छन् ।

१. होक्काईदो केनमा संक्रमित: ४६८ मृत्यु: २३ जना
२. आवमोरी केनमा संक्रमित: २२ जना, मृत्यु: ०
३. मियागी केनमा संक्रमित: ८४ जना,मृत्यु: ०
४.आकिता केनमा संक्रमित: १५ जना,मृत्यु: ०
५.फुकुसिमा केनमा संक्रमित: ६४ जना, मृत्यु: ०
६.ईबाराकि केनमा संक्रमित: १४६ जना, मृत्यु: जना
७.तोचिगी केनमा संक्रमित: ५१ जना, मृत्यु: ०
८. गुन्मा केनमा संक्रमित: १३१ जना, मृत्यु: जना
९.साइतामा केनमा संक्रमित: ६८५ जना, मृत्यु: १५ जना
१०.चिबा केनमा संक्रमित: ७२६ जना, मृत्यु: १३ जना
११.टोक्योमा संक्रमित: ३३०७ जना, मृत्यु: ८१ जना
१२.खानागावा केनमा संक्रमित:८१२,मृत्यु: २० जना
१३.निईगाता केनमा संक्रमित: ५८ जना, मृत्यु: ०
१४.ईसिगावा केनमा संक्रमित: १९० जना, मृत्यु: जना
१५.फुकुई केनमा संक्रमित: ११८ जना, मृत्यु: जना
१६. यामानासी केनमा संक्रमित: ५० जना, मृत्यु: ०
१७.नागानो केनमा संक्रमित: ५४ जना, मृत्यु: ०
१८.गिफु केनमा संक्रमित: १४४ जना, मृत्यु: जना
१८. सिजुओका केनमा संक्रमित: ५३ जना, मृत्यु: ०
२०.आईची केनमा संक्रमित: ४२६ जना, मृत्यु: २९ जना
२१.मिए केनमा संक्रमित: ४० जना, मृत्यु: जना
२२. सिगा केनमा संक्रमित: ७६ जना, मृत्यु: जना
२३. क्योउतो केनमा संक्रमित: २६४ जना, मृत्यु: जना
२४.ओसाका केनमा संक्रमित:१३४९,मृत्यु:१३ जना
२५. हियोउगो केनमा संक्रमित: ५४३ जना,मृत्यु:२२ जना
२६.नारा केनमा संक्रमित: ७१ जना,मृत्यु: जना
२७.वाकायामा केनमा संक्रमित: ४७ जना, मृत्यु: जना २८.ओकायामा केनमा संक्रमित: १९ जना, मृत्यु: ०

२९.हिरोशिमा केनमा संक्रमित: १३९ जना, मृत्यु: जना

३० यामागुची केनमा संक्रमित: ३१ जना, मृत्यु: ०
३१.तोकुसिमा केनमा संक्रमित: ५ जना, मृत्यु: ०
३२ खागावा केनमा संक्रमित: २८ जना, मृत्यु: ०
३३ एहिमे केनमा संक्रमित: ४७, मृत्यु: जना
३४ कोउची केनमा संक्रमित: ६९ जना, मृत्यु: जना
३५.फुकुओका केनमा संक्रमित:५४१,मृत्यु:१२ जना
३६.सागा केनमा संक्रमित: १७ जना, मृत्यु: ०
३७. नागासाकी केनमा संक्रमित: १८ जना, मृत्यु: ०
३८. कुमामोतो केनमा संक्रमित: ४२ मृत्यु: जना
३९. ओइता केनमा संक्रमित: ६० जना, मृत्यु: जना
४० मियाजाकि केनमा संक्रमित: १७ जना, मृत्यु: ०
४१.खागोसिमा केन संक्रमित: १० जना, मृत्यु : ०
४२.ओकिनावा केनमा संक्रमित: १२५ जना, मृत्यु: जना
४३. टोयामा केन संक्रमित: १२७ जना, मृत्यु: जना
४४. यामागाता केनमा संक्रमित :६४,जना,मृत्यु:०
४५. सिमाने केनमा संक्रमित: १६,जना,मृत्यु:०
४६. तोत्तोरी केनमा संक्रमित: ३ जना,मृत्यु:०

पुनश्च : थप १२ जनाको पानी जहाजमा मृत्यु भएको थियो ।

बाँकि १ वटा केनमा कोरोना शुन्य रहेको छ । हामी निरन्तर अपडेट मा रहनेछौं।