नेपालगन्जमा पनि मनाईयो फर्मासिष्ट दिवस

नेपालगन्ज,भाद्र,९-
अाज विश्व फर्मासिष्ट दिवस बाँकेको नेपालगन्जमा पनि विविध कार्यक्रम गरि मनाईएको छ ।नेपाल फर्मासिष्ट संघ बाँकेको अायोजनामा अाज नेपालगन्जमा विभिन्न संघ संस्था र कलेजहरुले संयुक्त रुपमा मनाएका हुन् ।

नेपालगन्जमा रहेका फार्मेसी अध्यापन गराउने कलेज, पानस फर्मासेटिकल्स, फार्मेसी संघ लगायतले र्याली निकाली र्याली पश्चात रक्तदान कार्यक्रम गरेका हुन् ।

रक्तदान कार्यक्रममा कलेजका बिद्यार्थीहरु, शुभचिन्तक, सर्वसाधारण लगायतले रक्तदान गरेका थिए । स्थानीय वि-पी-चोकबाट शुरु भएको र्याली पासाङलामु , भेरी अञ्चल अस्पताल हुदै अौषधि व्यवस्था विभागको प्राङ्गणमा गएर कोण सभा गरिएको थियोे ।

उक्त रक्तदान कार्यक्रममा २८ जनाले रक्तदान गरेको बाँके फर्मासिष्ट संघ नेपालगन्जका सचिव दिनेश बिष्टले जानकारी दिनु भयो ।