दाङमा बस र ट्रक ठोकिदा एक जनाको मृत्यु

रोशन घर्ति
दाङ,असोज,२४-
दाङमा बस र ट्रक ठोकिदा एक जनाको मृत्युभएको छ भने ११ जना घाईते भएका छन् । ना ४ ख ७४५९ नम्वरको बस र लु २ ख २६५ नम्वरको ट्रक लमही नगरपालिका ८ सतवरीयामा ठोकिदा बसमा सवार बर्दिया राजापुर नगरपालिका १० निवासी रामकृष्ण चौधरीको मृत्यु भएको हो ।

दुर्घटनामा परी घाईते भएका ११ जना यात्रुको लमही अस्पतालमा प्राथमिक उपचार पछि अहिले कोहलपुरमा थप उपचार भैरहेको छ ।