रुखबाट लडेर एकको मृत्यु

के-पी- घिमिरे/
नेपालगन्ज,जेष्ठ,२२-
बाँके जिल्लाको राप्ती सोनारी गाउँ पालिका खाश कुश्मा भन्ने ठाउँमा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ ।नेपालगन्जबाट कुसुम भन्ने ठाउँमा अाप टिप्न गएका नेपालगन्ज उप महानगर पालिका वार्ड नं ५ का कलावुद्दिन कवाडी रुखबाट दिउसो १ बजे तिर लडेका थिए ।

निजलाई तत्काल उपचारका लागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा ल्याईएको थियो । उनको अस्पताल ल्याउदा ल्याउदै बाटोमा मृत्यु भएको मेडिकल कलेजले जनाएको छ ।

उनी फलफूलका व्यापारी रहेको निजका अाफन्त समिरले बताए । निजको पोष्ट मार्टम गरी परिवारलाई जिम्मा लगाएको प्रहरी हवल्दार राजकुमार चौधरीले बताउनु भयो ।